News Portal

  • जुगल ५ का स्थानीय युवाद्वारा सहयोग अभियान संचालन

    हिमाली संचार संवाददाता
    ९४९ पटक

    दुर्गा श्रेष्ठ, सिन्धुपालचोक – सिन्धुपाल्चोकमा गत साउनमा जुगल-२ माा गएको भिषण पहिरोको कारण ठुलो धनजनको क्षति भएको थियो। यस दुखत घडीमा दातृनिकाय संघसंस्था, सरकारले अस्थायी बस्ती स्थानन्तरण र राहत सहयोग गरिरहेको छ। जुगलका स्थानीय युवाद्वारा सहयोग अभियान संचालन गरेका छन्।

    जुगलका युवाहरुले आधारभूत आवश्यकता सम्बोधनका लागि स्थानीय युवा एकजुट भएका हुन्। स्थानीय युवाहरुले स्थानीय स्तरमा देश विदेशमा रहेका समाजसेवी सहयोगी मनहरुबाट हुनेबाट नहुनेलाई सहयोग पुर्याउने उदेश्यले जुगल -५ का स्थानीय समाजसेवी, शिक्षाप्रेमी, बुद्धिजीवीहरुको सक्रियतामा सहयोग रकम संकलन गरिरहेको स्थानीय सोम छिरिङ तामाङले हिमालीसंचारसंगको कुराकानीमा जानकारी दिएका छन्।

    लिदी पहिरो पीडितका लागि ३ वर्षीय बालिका यलिया तामाङको जन्मदिनको अवसरमा लिदी पहिरो पिडितलाई नगद एक हजार सहयोग प्राप्त भएको राहत संकलन अभियन्ता स्थानीय शिक्षक कर्म लामाले बताए।

    लिदी पहिरो पिडीतका लागि सहयोगदाताहरुले देश विदेशबाट करिब ८० हजार सहयोग रकम संकलन भएको कर्मा लामाले बताए। सहयोग जारी रहेको पनि जानकारी दिएका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...