News Portal

  • विव्यसका अध्यक्षद्वारा छोरालाई शिक्षक नियुक्ति

    खुल्ला प्रतिस्पर्धाबाट हुनुपर्ने भन्दै प्रधानाध्यापकको अस्वीकार !

    हिमाली संचार संवाददाता
    ३७१ पटक

    नविन शाही/दैलेख – विद्यालय व्यवस्थापन समितिका अध्यक्षले आफ्ना छोरालाई शिक्षक नियुक्ति गरेका छन्। दैलेखको भैरवी गाउँपालिकास्थित महादेव माध्यामिक विद्यालयका प्रधानाध्यापकले खुल्ला प्रतिस्पर्धाबाट शिक्षक नियुक्ति गर्न भनेपनि विव्यस अध्यक्ष गंगाराम आचार्यले आफ्नो छोरालाई नियुक्ति गर्न खोजेका हुन्।

    अध्यक्ष गंगारामका छोरा टेकेन्द्रराज आचार्यलाई नियुक्ति गर्न विव्यसले निर्णय गरेको तर आफूले अस्वीकार गरेको विद्यालयका प्रअ डिल्ली आचार्यले जानकारी दिए। आन्तरिक प्रक्रियाबाट नियुक्ति गर्न नमिल्ने भन्दै विव्यस बैठकमै अस्वीकार गर्दासमेत अध्यक्ष आचार्यले ‘गाउँको कुरा आफुले मिलाई हाल्छु’ भन्दै निर्णय पारित गराएको प्रअ आचार्यको भनाई छ।

    शिक्षक नियुक्तिको विषयलाई लिएर कुटपिट समेत भएको छ। सोही विषयमा जानकारी लिन खोज्दा स्थानीय गणेश आचार्यलाई सोही गाउँका भरत बुढाले कुटपिट गरेका थिए। टेकेन्द्रको नियुक्तिको विषयलाई लिएर धेरै विवाद भएपछि स्थानीय यूवाहरुको सहमतिमा मात्रै नियुक्ति प्रक्रिया अगाडी बढाउने भन्दै रोकिएको छ। प्रअ आचार्यले दुल्लूखबरसँग भने, ‘विद्यालयले कुनैपनि विज्ञापन गरेको छैन।

    गाउँपालिका स्रोतबाट रकम खानेगरी विव्यसले सोझै नियुक्ति गर्न निर्णय गरेको हो। आन्तरिक प्रक्रियाबाट नियुक्ति नहुने भन्दै आगामी दिनमा खुल्ला विज्ञापनबाट प्रक्रिया अगाडी बढाइने प्रअ आचार्यले बताए। अब केही दिनमै दरखास्त आह्वान गर्छौं। प्रतिस्पर्धीबाट सकेसम्म सहमति जुटाई नियुक्ति प्रक्रिया अगाडी बढाउछौं। प्रअ आचार्यले भने, ‘सहमति नजुटेपछि खुल्ला प्रतिस्पर्धा गराउछौं।

    यता विद्यालय व्यवस्थापन समितिका अध्यक्षले कम्प्युटर शिक्षक नियुक्ति गराई विद्यालयमा हाजिरसमेत गराईसकेको बताएका छन्। ‘विव्यसले निर्णय गरेर असार ३० गते नियुक्ति गरिसकेको हो।

    अध्यक्ष आचार्यले दुल्लूखबरसँग भने, ‘विद्यालयबाट सूचना गरी एक जनाको मात्र निवेदन परेकोले नियुक्ति गरिएको हो तर, विद्यालयका प्रधानाध्यापकले विद्यालयले हालसम्म कुनैपनि विज्ञापन नगरिएको तथा कोहीकसैलाई शिक्षक नियुक्ति नगरेको बताउँदै आएका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नेपाली दूतावास कुवेतद्वारा निःशुल्क स्वास्थ्य शिविर आगामी १२ डिसेम्बरमा सञ्चालन हुने

    कुवेत -कुवेतस्थित नेपाली राजदूतावासले मेट्रो मेडिकल ग्रुपको सहकार्यमा कुवेतमा बसोबास गर्दै आएका नेपालीहरूको लागि निःशुल्क...

    रास्वपा काठमाडौं सभापति प्रदीप बिष्टले राजीनामा फिर्ता लिए

    काठमाडौं, मंसिर ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौंका जिल्ला सभापति प्रदीप बिष्टले सोमबार आफ्नो...

    जेन्जी मुभमेन्ट नेपालले भन्यो: सुशीला कार्की नेतृत्वको सरकारको वैधता समाप्त

    काठमाडौँ, मंसिर ८ — सुशीला कार्की नेतृत्वको सरकारमाथि गम्भीर भ्रष्टाचार, दुराचार र संवैधानिक अतिक्रमणका आरोप...

    सिंहदरबार प्रवेश अवरुद्ध भएपछि जेन–जी समूहले दक्षिण गेटमै टाँसे मागपत्र

    काठमाडौं, मंसिर ८ – प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाउन तयार भएर सिंहदरबार पुगेका जेन–जीका २१ समूहका...

    भारतसँगको विद्युत् सम्झौतापछि नेपालले एक अर्ब २० करोड जोगायो

    काठमाडौं, मंसिर ८ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले भारतसँगको नयाँ विद्युत् सम्झौता...