News Portal

धरान उपमहानगरपालिकामा चेसपार्क निर्माण (भिडियोसहित)

हिमाली संचार संवाददाता
६३२ पटक

दिलीप राई/धरान – धरान उपमहानगरपालिका धरानमा बुद्धिचाल पारखीको लागि धरान उपमहानगरपालिका वडा नं. १८ स्थित चेस पार्क निर्माण भएको छ। धरान सुनसरी जिल्लामा वुद्धिचाल संघसमेत रहेको यो जिल्लामा चेसपार्क निर्माण भएसंगै राष्ट्रिय तथा अन्तराष्ट्रिय वुद्धिचाल प्रतियोगितामा व्यवसायीक रुपमा नियमित सहभागिता जनाइरहेका बुद्धिचाल खेलाडीहरु थप उत्साहित भएका छन्।

वुद्धिचाल प्रशिक्षण गर्नको लागि कुनै उचित खेलस्थल नभएकोले चिया पसल र रुखको छहारीमा बसेर वुद्धिचाल खेलको भोक मेट्न बाध्य रहेका खेलाडीको लागि यो चेसपार्क महत्वपूर्ण हुने भएको छ। धरानमा निर्मित चेसपार्क वुद्धिचाल खेलाडीहरुलाई नै लक्षित गरेर धरानको वडा नं. १८ वडा कार्यालयले चेसपार्क निर्माण गरेको वडा अध्यक्ष प्रविण राई बताए।

यो नेपालको पहिलो चेसपार्क भएको दाबी वडा कार्यालय धरानले गरेको छ। धरान १८ स्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको अगाडी रहेको वीपी सुन्दर वजारदेखि पश्चिम तर्फको सडक किनारको खाली जग्गामा चेसपार्क निर्माण सम्पन्न भएको छ।

चेस पार्क निर्माण गर्न करिव २१ लाख रुपैयाको लागत रहेको छ। यो चेसपार्क निर्माण भएपछि बुद्धिचाल पारखीका लागि थप उर्जा मिलेको वडा अध्यक्ष प्रविण राई बताएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...