News Portal

धरान उपमहानगरपालिकामा चेसपार्क निर्माण (भिडियोसहित)

हिमाली संचार संवाददाता
६०० पटक

दिलीप राई/धरान – धरान उपमहानगरपालिका धरानमा बुद्धिचाल पारखीको लागि धरान उपमहानगरपालिका वडा नं. १८ स्थित चेस पार्क निर्माण भएको छ। धरान सुनसरी जिल्लामा वुद्धिचाल संघसमेत रहेको यो जिल्लामा चेसपार्क निर्माण भएसंगै राष्ट्रिय तथा अन्तराष्ट्रिय वुद्धिचाल प्रतियोगितामा व्यवसायीक रुपमा नियमित सहभागिता जनाइरहेका बुद्धिचाल खेलाडीहरु थप उत्साहित भएका छन्।

वुद्धिचाल प्रशिक्षण गर्नको लागि कुनै उचित खेलस्थल नभएकोले चिया पसल र रुखको छहारीमा बसेर वुद्धिचाल खेलको भोक मेट्न बाध्य रहेका खेलाडीको लागि यो चेसपार्क महत्वपूर्ण हुने भएको छ। धरानमा निर्मित चेसपार्क वुद्धिचाल खेलाडीहरुलाई नै लक्षित गरेर धरानको वडा नं. १८ वडा कार्यालयले चेसपार्क निर्माण गरेको वडा अध्यक्ष प्रविण राई बताए।

यो नेपालको पहिलो चेसपार्क भएको दाबी वडा कार्यालय धरानले गरेको छ। धरान १८ स्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको अगाडी रहेको वीपी सुन्दर वजारदेखि पश्चिम तर्फको सडक किनारको खाली जग्गामा चेसपार्क निर्माण सम्पन्न भएको छ।

चेस पार्क निर्माण गर्न करिव २१ लाख रुपैयाको लागत रहेको छ। यो चेसपार्क निर्माण भएपछि बुद्धिचाल पारखीका लागि थप उर्जा मिलेको वडा अध्यक्ष प्रविण राई बताएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...