News Portal

  • पैदलयात्रीलाई पेटीबाट हिँड्न सिकाउन प्रहरी परिचालन

    हिमाली संचार संवाददाता
    ४८० पटक

    रामेछाप – सदरमुकामको साँघुरो र व्यस्त सडकमा दुर्घटनाको डर बढेपछि ट्राफिक प्रहरी त्यसको व्यवस्थापनमा जुटेको छ ।

    पैदलयात्रीहरु सडकको बीचबाटै हिँड्न थालेपछि ट्राफिक प्रहरीले सर्वसाधारणलाई पेटीबाट हिँड्न अनिवार्य गरेको छ । त्यस्तै बजार क्षेत्रमा सवारी साधनको गति पनि प्रतिघण्टा २० किलोमिटरमात्र कायम गरिएको छ ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रामेश्वर पाण्डेले पैदलयात्रीलाई पेटीमा हिँडाउन ट्राफिक प्रहरी परिचालन गरिएको बताए । सडकमा हिँड्दा नागरिकलाई सुरक्षित महशुस हुने गरी काम गरिने उनको भनाइ छ ।

    ‘मानिसहरुको सडकबाटै हिँड्ने गर्छन्, त्यसैले पेटिबाट हिँड्ने बानी पार्न हामी लागेका छौं । केही समय त लाग्ला तर हामी यो काम गरेरै छाड्छौं’, पाण्डेले भने । स्थानीय सरकारसँग सहकार्य गरी सडकका विभिन्न स्थानमा सडक रेखा काटी व्यवस्थित बनाउने पनि उनले बताए ।
    त्यस्तै बजार क्षेत्रमा २० किलोमिटर प्रतिघण्टा भन्दा बढी गतिमा सवारी साधन चलाउन नपाउने नियम बनाएको पाण्डेले बताए ।

    प्रहरीले सडकमा हिँड्न कडाई गरेपछि मानिसहरु पेटीबाट हिँड्न त थालेका छन् । तर अझै पनि सडक पेटीमा निर्माण सामग्री थुपार्ने, निर्माण सकिए पछि पनि माटो र फोहोर थुपार्ने गरिदिँदा धेरै ठाउँमा पेटीसमेत खाली छैन । स्थानीयले सडक पेटी सफा गरिदिनुपर्ने मन्थलीका शिवकुमार कार्की बताउँछन् । ठाउँठाउमा बिगि्रएको सडक पेटी सम्बन्धित निकायले तत्काल मर्मत गर्नुपर्ने उनको भनाइ छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    बुढाथुममा दयाराम रेग्मीको पहलमा ‘लिखुरे प्रतीक्षालय’ निर्माण

    धादिङ -धादिङ जिल्ला गंगाजमुना गाउँपालिका–७ बुढाथुम निवासी पण्डित दयाराम रेग्मीले आफ्ना बुबा–आमाको सम्झनामा आफ्नै खर्चमा...

    आज २०८२ साल असोज ६ गतेको राशिफल

    आज असोज ६, २०८२ (सेप्टेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    भोलिदेखि भक्तपुरमा नवराते मेला सुरु

    भक्तपुर, असोज ५ – दशैंको सुरुवातसँगै भक्तपुरमा परम्परागत नवराते मेला सोमबारदेखि सुरु हुँदैछ। घटस्थापनासँगै सुरु...

    यूएईपछि साउदी, कतार र मलेसियामा पनि नेपाली कामदारमाथि कडाइ

    काठमाडौं, असोज ५ – भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन का क्रममा जेलबाट...

    तुइनखोलाको पहिरो हटाउने काम जारी, साँझसम्म सडक सञ्चालन हुने अनुमान

    चितवन, असोज ५ – तुइनखोलामा खसेको पहिरो हटाउन कार्यदल सक्रिय भएसँगै नारायणगढ–मुग्लिन सडकमा यातायात खुल्ने...