News Portal

पैदलयात्रीलाई पेटीबाट हिँड्न सिकाउन प्रहरी परिचालन

हिमाली संचार संवाददाता
५०१ पटक

रामेछाप – सदरमुकामको साँघुरो र व्यस्त सडकमा दुर्घटनाको डर बढेपछि ट्राफिक प्रहरी त्यसको व्यवस्थापनमा जुटेको छ ।

पैदलयात्रीहरु सडकको बीचबाटै हिँड्न थालेपछि ट्राफिक प्रहरीले सर्वसाधारणलाई पेटीबाट हिँड्न अनिवार्य गरेको छ । त्यस्तै बजार क्षेत्रमा सवारी साधनको गति पनि प्रतिघण्टा २० किलोमिटरमात्र कायम गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रामेश्वर पाण्डेले पैदलयात्रीलाई पेटीमा हिँडाउन ट्राफिक प्रहरी परिचालन गरिएको बताए । सडकमा हिँड्दा नागरिकलाई सुरक्षित महशुस हुने गरी काम गरिने उनको भनाइ छ ।

‘मानिसहरुको सडकबाटै हिँड्ने गर्छन्, त्यसैले पेटिबाट हिँड्ने बानी पार्न हामी लागेका छौं । केही समय त लाग्ला तर हामी यो काम गरेरै छाड्छौं’, पाण्डेले भने । स्थानीय सरकारसँग सहकार्य गरी सडकका विभिन्न स्थानमा सडक रेखा काटी व्यवस्थित बनाउने पनि उनले बताए ।
त्यस्तै बजार क्षेत्रमा २० किलोमिटर प्रतिघण्टा भन्दा बढी गतिमा सवारी साधन चलाउन नपाउने नियम बनाएको पाण्डेले बताए ।

प्रहरीले सडकमा हिँड्न कडाई गरेपछि मानिसहरु पेटीबाट हिँड्न त थालेका छन् । तर अझै पनि सडक पेटीमा निर्माण सामग्री थुपार्ने, निर्माण सकिए पछि पनि माटो र फोहोर थुपार्ने गरिदिँदा धेरै ठाउँमा पेटीसमेत खाली छैन । स्थानीयले सडक पेटी सफा गरिदिनुपर्ने मन्थलीका शिवकुमार कार्की बताउँछन् । ठाउँठाउमा बिगि्रएको सडक पेटी सम्बन्धित निकायले तत्काल मर्मत गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

एमाले उपमहासचिव ज्ञवाली भृकुटीमण्डपबाट रुँदै फर्किए, केवल केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं, १ पुष – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नाम...

एमाले महाधिवेशन: मतदान सुरु, भोलि दिउँसो नयाँ नेतृत्व सार्वजनिक हुने

काठमाडौँ, पुस १ –  नेकपा एमालेको नेतृत्व छनोटका लागि मंगलबार अपराह्न ४ बजेदेखि भोटिङ सुरु भएको...

धनगढीमा समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार, कारबाहीको माग

धनगढी, पुस १ – धनगढीमा समाचार संकलन गरिरहेकी पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार...

चुनावी सुरक्षा मूल्यांकन: दल र जेनजी समूहबीचको सम्भावित झडप मुख्य चुनौती

काठमाडौं, पुस १ – प्रतिनिधिसभा निर्वाचन २१ फागुनमा सम्पन्न गर्न सकिने विषयमा सुरक्षा निकायले गृह...

देउवा–कोइराला भेट: नम्बरविहीन फारमले महाधिवेशन प्रक्रिया अघि बढ्न नसक्ने चेतावनी

काठमाडौं, पुष १ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको...