News Portal

  • मेलम्चीको पानी काठमाण्डौ झर्न अझै तीन महिना लाग्ने

    हिमाली संचार संवाददाता
    २९५ पटक

    दुर्गा श्रेष्ठ, सिन्धपाल्चोक – बहुचर्चित अर्थात बहुप्रतिष्ठित मेलम्ची खानेपानी आयोजनाको पानी अझै तीन महिना लाग्ने भएको छ । काठमाडौँ उपत्यकाको दशकौँ पुराना खानेपानीको समस्या हल गर्ने उपायका रुपमा सो आयोजनालाई लिइन्छ । आयोजनाको सुरुङमा रहेको गेटको फ्रेम परिवर्तन गर्न समय लाग्ने भएको हुँदा तत्काल उपत्यकामा पानी आउने सम्भावना नभएको बताइएको छ ।

    खानेपानी मन्त्रालयले गत आर्थिक वर्षमा असार मसान्तसम्म उपत्यकामा पानी झार्ने र पाइपको परीक्षण गर्ने लक्ष्य लिएको थियो । अगामी दशैँसम्ममा उपत्यकावासीको घरघरमा पानी पुर्याउने लक्ष्य लिइएको भएपनि गत महिना भएको अकल्पनीय दुर्घटनाले गर्दा तीन महिना पर धकेलेको मन्त्रालयले जनाएको छ ।

    गत महिनामा सुरुङ परीक्षणका क्रममा गेट भत्किएर दुर्घटना भएको थियो । खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा भएको दुर्घटनासम्बन्धी अध्ययन गर्न गठित समितिले गेटभित्रबाट हुनुपर्नेमा बाहिरबाट राखिएकाले दुर्घटना भएको निष्कर्ष निकालेको थियो ।

    सोही आधारमा त्रुटि सच्याउन लागिएको हो । मानवीय क्षतिसमेत हुने गरी भएको सो दुर्घटनाको जिम्मेवारी परामर्शदाता र निर्माण व्यवसायीको रहेको छ । इटास कम्पनी परामर्शदाताका रुपमा रहेको थियो भने भारतीय कम्पनी पिआइएलले गेट निर्माण गरेका थिए ।

    आयोजनामा पहिलेको काम गरेको इटालियन कम्पनी सिएमसीले नै गेट निर्माण गर्न सो कम्पनीलाई लगाएको थियो । नेपाल सरकारसँग सिएमसीको ठेक्का रद्द भए पनि सोही कम्पनीले गेट निर्माणको बाँकी काम सम्पन्न गरेको थियो । समितिले गेटको फ्रेम नयाँ राख्नुपर्ने अहिले सुझाव दिएको छ ।

    भारतीय कम्पनी पिआइएल निर्माणस्थलको अध्ययन गरेको छ । कम्पनीसँग नयाँ गेट बनाउने गरी आयोजनासँग सहमति भएको थियो । कम्पनीले फ्रेम बनाएर ल्याएपछि पनि त्यसको जडान गर्न समय लाग्ने बताएको खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए । उनका अनुसार करिब २८ दिन फ्रेम जोड्न समय लाग्नेछ ।

    उनले भने, “यसैका आधारमा पनि कात्तिक मंसिरभन्दा पहिले पानी परीक्षण गर्न नसकिने भएको हो ।” सो गेटभित्रबाट खोल्ने गरी जडान गर्ने डिजाइन भए पनि बाहिरबाट खोल्ने गरी जडान भएको पाइएको थियो । अब गेट त्यही रहने र फ्रेम मात्रै भत्काएर नयाँ जडान गरिनेछ ।

    फ्रेम जडानका लागि सुरुङभित्र आबश्यक पर्ने संरचना निर्माणको कामसमेत अघि बढाइने भएको छ । सो फ्रेम र गेटको अध्ययनका लागि परामर्शदता कम्पनीले थप विज्ञ ल्याउने तयारी गरेपनि धेरै जिल्लामा जारी भएको निषेधाज्ञाका कारण उनीहरु आउन सकिरहेका छैनन् ।

    सुरुङमा गेटको फ्रेम परिवर्तन गरिने समयसम्ममा सुरुङमा पनि भेटिएका त्रुटि सच्चाउने काम अघि बढ्ने प्रवक्ता शाक्यले जानकारी दिए । परामर्शदाता कम्पनी र निर्माण कम्पनीकै त्रुटिका कारण सो दुर्घटना भएकाले त्यसको क्षति पनि सम्बन्धित कम्पनीले नै बेहोर्ने मनत्रालयले जनाएको छ । यसको जडानका लागि आयोजनाले रकम बेहोर्न नपर्ने बताइएको छ । त्यस्तै, सुरुङमा हाल निर्माणको काम गरिरहेको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो कम्पनीले पनि विज्ञ ल्याउन खोजे पनि अहिलेको अवस्थाका कारण ल्याउन नसकेको उनले बताए ।

    सुरुङमा नयाँ गेट जडानका लागि तयारी भइरहँदा सिनो हाइड्रो कम्पनीले हेडबक्सको निर्माण पनि सँगसँगै अघि बढाएको छ । गत चैतमा बन्दाबन्दीको समयदेखि नै निर्माणको काम गरिरहेको छ । कोभिड–१९ को कारण कतिपय कामदार फर्किए पनि सो कम्पनीले उपलब्ध जनशक्तिबाट काम अघि बढाइरहेको थियो । बन्दाबन्दीको समयमा स्थानीय तहको अवरोध र निर्माण सामग्रीको अभावलगायतका समस्या भएकाले निर्माणमा केही बाधा पुगेको थियो । यी सबै समस्याबीच पनि निर्माण कम्पनीले निर्माणस्थलमा काम रोकेको छैन ।

    आयोजनाको सुरुङमा प्राविधिक त्रुटिका कारण दुर्घटना भएको बताइएको छ । समितिले पछिल्लो समयमा प्राविधिक ‘डिजाइन रिभ्य’ नभएको पनि बताएको थियो । समितिले सुरुङमा रहेका चारवटै गेटमा पुनःअवलोकन (रिभ्यू) गर्न पनि सुझाव दिएको थियो । गेटमा नटबोल्ट राम्रो नकसिएको पाइएको समितिको प्रतिवेदनमा उल्लेख छ । सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका–१ स्थित आयोजना निर्माणस्थलमा दुर्घटना भएको थियो । आयोजनाले १० दिनसम्म जम्मा गरेको पानी बाहिर निस्केको थियो । सो दुर्घनाका कारण कन्सलट्यान्ट दोर्जे पेम्बा र इञ्जिनीयर शेखर खनाल घाइते भएका थिए ।

    दुर्घटनाका कारण इञ्जिनीयर सतीश गोहितको मृत्यु भएको छ । सवारीचालक राधाकृष्ण थापामगर अझैसम्म बेपत्ता भएका छन् । सुरुङ परीक्षणका लागि पानी भर्न करिब १५ दिन लाग्नेमा एक सातामा पानी बाहिर निस्केको हो । गत असार २१ मा पानी पथान्तरण गरिएकामा ३० असारमा दुर्घटना भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    एक सय रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने सरकारको निर्णय

    बैशाख-२१, शुक्रबार/काठमाडौं –  नेपाल सरकारले हाल मुलुकमा चलन चल्तीका रुपमा रहेको रु. १०० रुपैयाँको नोटमा...

    दमकमा परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि गोली प्रहार (भिडियो सहित)

    बैशाख-२१, शुक्रबार/मोरङ –  दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गर्दा झापाको दमकमा एक छात्रामाथि...

    रंगेलीमा दुर्व्यसन विरुद्ध आमाहरु कार्यक्रम सम्पन्न

    बैशाख-२१, शुक्रबार/मोरङ – कोशी प्रदेश प्रहरी कार्यालयद्वारा प्रदेश नम्बर १ अन्तरगत संचालनमा ल्याएको दुर्व्यसन विरुद्ध...

    पुराना सम्झनाहरु आज पनि ताजै लाग्छ

    काठमाण्डौ। ०४६ सालमा प्रजातन्त्र आएपछि पहिलो स्थानिय निर्वाचन ०४९ सालमा भयो। गाउँबस्ती सबै हराभरा थियो।...

    सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

    काठमाडौं। राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी सांसद गीता बस्नेतमाथि छानबिन गर्न...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal