News Portal

लिदी पहिरो पिडीतका लागि सुरक्षित वैकल्पिक ठाउको खोजी, स्थानीयसंग परामर्श

हिमाली संचार संवाददाता
५०८ पटक

दुर्गा श्रेष्ठ, सिन्धुपाल्चोक – लिदी पहिरोका कारणले विस्थापित पिडीत तथा पहिरोका कारणले उच्च जोखिममा रहेका घरपरिवारलाई जुगल गाउँपालिका वडा नं. १ बाँसखर्क स्थित अस्थायी स्थानमा बसोबास गरिरहेका स्थानीयबासीसंग स्थानान्तरित ठाउको लागि वैकल्पिक सुरक्षित स्थानको लागि आवश्यक परामर्श गरिएको छ ।

पहिरो पिडीत विस्थापितहरुसंग जुगल-२ लिदिका स्थानीसंग जुगल-१ सेलाङको बाँसखर्क स्थित आयोजित एक कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा सुबोध, पुर्व माननीय एवम् नेकपाका नेता सुवास कर्माचार्य, नेता सरल सहयात्री, जिल्ला समन्वय प्रमुख कृष्ण गोपाल तामाङ, जुगल गाउपालिका अध्यक्ष होम नारायण श्रेष्ठ, पुन निर्मित प्राधिकरणका प्रमुख, जनहित संस्थाका राजेन्द्र शर्मा, नेता चन्द्रप्रसाद सापकोटा, विधार्थी नेता, नेकपा जुगल गाउपालिकाका स्थानीय नेता, युवा, संघका नेता लगायदका ब्यक्तित्वहरुको उपस्थितिमा सर्वदलीय बैठकमा स्थानीय लिदिबासीलाई नै बैकल्कपिक सुरक्षित स्थानको छनोट गर्न दिएको थियो ।

पहिरो पिडीत स्थानीयका लागि जती सक्दो चाडो नया प्रकिया अगाडी बढाउने र सम्बन्धित निकायहरुसंग परामर्श गर्दै, योजनावद्ध तरिकाले नमूना बस्ती निर्माण गर्ने जानकारी गाउँपालिकाको अध्यक्ष होम नारायण श्रेष्ठले हिमाली संचारसंगको कुराकानीमा बताए ।

स्थानीय जनप्रतिनिधिहरुले तीन ठाउको सुरक्षित वैकल्पिक स्थानहरु मध्ये कुन ठाउ वैज्ञानिक र व्यावहारिक रुपमा प्रभाकारी सुरक्षित देखिन्छ। त्यो ठाउमा बस्ति स्थानान्तरित गरिने जुगल गाउँपालिकाको शिक्षक माहासंघका अध्यक्ष कृष्ण घिमिरेले पनी हिमाली संचारसंगको कुराकानीमा बताएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...