News Portal

विश्वलाई अर्को महामारीका लागि तयार रहन डब्लुएचओको चेतावनी

हिमाली संचार संवाददाता
४७९ पटक

एजेन्सी – विश्व स्वास्थ्य संगठनले विश्वलाई अर्को महामारीका लागि तयार रहन चेतावनी दिएको छ ।  विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अडानोमले विश्वलाई अर्को महामारीका लागि पनि तयारी अवस्थामा बस्न चेतावनी दिएका हुन् । 

डा. अडानोमका अनुसार अब आउने महामारीका लागि मानव जातिले निकै लगानी गर्नुपर्ने हुन्छ, अन्यथा कोरोनाको जस्तै अवस्था आउनसक्ने चेतावनी दिएका हुन् ।

डा. टेड्रसले मंगलबार जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा भने “अहिलेको महामारीका कारण विश्वभर २.७१ करोड मानिस संक्रमित भए । कोरोनाका कारण ८.८८ लाखभन्दा बढी मानिसहरुको मृत्यु भइसक्यो । 

अन्य, धेरै देशहरुमा अझै भयवाह रुपमा कोरोना संक्रमित संख्या बढिरहेको छ । यसको नियन्त्रण गर्न विश्वलाई चुनौती भैरहेको छ ।’ डा. टेड्रोसका अनुसार इतिहासलाई हेर्दा यो नै अन्तिम महामारी भने होइन । उनले भने– ‘यो जीवनको सत्य हो र यो अन्त्य हुँदैन । अब अर्को महामारी आउनुअघि नै हामीले यसका लागि तयारी गर्नुपर्छ ।’ डा. टेड्रोसले चेतावनी दिएका थिए ।

प्रतिकृया दिनुहोस्

मतगणना अपडेट : समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य...

भक्तपुर–२ को नतिजापछि बस्नेत बोले– जनताको निर्णय सर्वोपरि

भक्तपुर–२ मा पराजित बस्नेत: जनताको निर्णय सम्मान गर्छु काठमाडौं — भक्तपुर क्षेत्र नम्बर २ बाट...

सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश

सर्लाही-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक...

आज २०८२ साल फागुन २३ गतेको राशिफल

आज फागुन २३, २०८२ ( मार्च ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...