News Portal

    सुर्खेतको चिंगाडमा विद्यालय निर्माणमा अनियमितता

    हिमाली संचार संवाददाता
    ३७१ पटक

    सुर्खेत – सुर्खेतको चिंगाड गाउँपालिका-३स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय काँडाघुवानीको दुई तले पक्की भवन निर्माण गर्दा पहिलो तलामै सम्झौता उल्लंघन गरेको पाइएको छ। विद्यालय भवनको भित्तामा इँटा, सिमेन्ट र बालुवाको प्रयोग गर्ने उल्लेख भएपनि माटो र ढुंगा प्रयोग गरेर विद्यालय व्यवस्थापन समितिले उक्त सम्झौताको उल्लंघन गरेको हो।

    ५० लाख रूपैयाँ लागतमा निर्माण हुन लागेको उक्त भवनको भित्तामा माटो र ढुंगा प्रयोग गरिएको छ। सम्झौताविपरीत काम हुँदा भवनको गुणस्तरीयतामाथि नै स्थानीयले शंका गर्न थालेका छन्।विद्यार्थी संख्याको अनुपातमा अपर्याप्त कक्षा कोठा हुँदा शिक्षा विकास निर्देशनालयले यहाँ दुई तले पक्की भवन निर्माण गर्न लागेको थियो। उक्त भवन निर्माणको जिम्मा विद्यालय व्यवस्थापन समितिले लिएको छ।

    दुई तले बन्नु पर्ने भवन अहिले एक तलसम्म पूरा भएको छैन तर शिक्षा विकास निर्देशनालयबाट दोस्रो किस्तासमेत भुक्तानी भइसकेको छ। ‘विद्यालय भवन मापदण्डविपरीत भएको छ,’ स्रोतले भन्यो, ‘इँटा, सिमेन्ट र बालुवा प्रयोग गर्ने भनिए पनि माटो र ढुंगा मात्र प्रयोग गरिएको छ। जसले गर्दा भवनको गुणस्तरीयतामाथि प्रश्न चिन्ह खडा हुने उनको भनाइ छ। इँटा, सिमेन्ट र बालुवा प्रयोग नगरि निर्माण जिम्मा लिएकाले रकम हिनामिना गर्न खोजेको उनको आरोप छ।

    यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोधविक्रम जिसीले भने माटो र ढुंगा प्रयोग गर्ने नियति नभइ बाध्यता भएको बताए। बन्दाबन्दी (लकडाउन)को समयमा इँटा, सिमेन्ट र बालुवा ढुवानी गर्न नसक्दा माटो र ढुंगा प्रयोग गरेको उनको भनाइ छ।

    ‘लकडाउनमा सामग्री ढुवानी गर्न समस्या भयो,’ उनले भने, ‘त्यसैले सम्झौता अनुसार काम हुन सकेन। भित्तामा प्रयोग गरिएका ढुंगा पनि राम्रो प्रयोग गरेका छौं। भवनको अन्य काम सम्झौताअनुसार भएको उनले बताए।

    विद्यालयका प्रधानाध्यापक शेरबहादुर जिसीले विद्यालयको भवन निर्माण कार्य सम्पन्न नभएको बताए। ‘भवन निर्माण कार्य सकिएको छैन,’ उनले भने, ‘अहिले नै यसो भयो उसो भयो भन्नु राम्रो हुँदैन। भवन कार्य सकिएपछि सम्झौताअनुसार भए नभएको विषय उठाउनु पर्ने उनको भनाइ छ। उनले यसो भनिरहँदा सुरुदेखि त्रुटि गर्ने र पछि भवनलाई रंगरोगन गरेर सम्झौताविपरीत भएको काम लुकाउन खोजेको स्रोतको भनाइ छ।

    शिक्षा विकास निर्देशनालयले पनि सम्झौताअनुसार काम नभएको बताएको छ। सम्झौतामा भवनको भित्ता निर्माण गर्दा इँटा, सिमेन्ट र बालुवा प्रयोग गर्ने भनिए पनि माटो र ढुंगा प्रयोग भएको बताएको छ।

    शिक्षा विकास निर्देशनालयबाट प्राविधिक कोरोनाका कारण अनुगमन गर्न नसक्दा विद्यालय व्यवस्थापन समितिले आफूखुसी सम्झौताविपरीत काम गरेको शिक्षा विकास निर्देशनालयकी निमित्त निर्देशक दीपा हमालले बताइन्।

    लकडाउनले हामी फिल्ड जान सकेनौं,’ उनले भनिन्, ‘विद्यालय व्यवस्थापन समितिले ढुंगा र माटो प्रयोग गरेको हामीलाई जानकारी गराएन। पछि हेर्न जाँदा सम्झौताभन्दा फरक काम भएको पाइयो। अरु काम सम्झौताअनुसार भए पनि भित्ता भने सम्झौताविपरीत भएको उनको भनाइ छ।

    विद्यालय व्यवस्थापन समितिले नागरिकसँग ढुंगा र माटो प्रयोग गर्ने विद्यालयको निर्णय शिक्षा विकास निर्देशनालयमा जानकारी गराएको भने पनि शिक्षा विकास निर्देशनालयले भने अहिलेसम्म माटो र ढुंगा प्रयोग गर्ने विषय जानकारी नआएको बताएको छ।

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    नागढुंगा सुरुङमार्ग पुसदेखि सञ्चालनमा, निर्माण कार्य अन्तिम चरणमा

    काठमाडौं, असार ४ – नेपालको पहिलो सडक सुरुङमार्गको रूपमा चिनिएको नागढुंगा–सिस्ने खोला सुरुङमार्ग अब आगामी पुस...

    त्रिभुवन विमानस्थलबाट १ किलो बढी सुन बरामद, भारतीय महिला पक्राउ

    काठमाडौं, असार ४ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि एकपटक सुन तस्करीको प्रयास विफल पारिएको छ।...

    एनसीसी अमेरिकाले एनआरएनए अध्यक्ष श्रेष्ठको स्वागतमा शुक्रबार भव्य कार्यक्रम गर्दै

    अमेरिका, असार ४ – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाले महेश कुमार श्रेष्ठ...

    कर्मचारी कुलिङ पिरियड प्रावधानबारे प्रधानमन्त्री सक्रिय, बालुवाटारमा छलफल तीव्र

    काठमाडौं, असार ४ – संघीय निजामती कर्मचारीको सेवा तथा सुविधा सम्बन्धी विधेयकमा समावेश गरिएको २...

    स्याङ्जामा रास्वपाका नेतामाथि आक्रमण, कांग्रेसका वडाध्यक्ष फरार

    स्याङ्जा, असार ४ – आँधीखोला दोहनविरुद्ध आवाज उठाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दुई नेतामाथि नेकाँबाट...