News Portal

  • नेकपाले सिफारिस गर्‍यो बीपीमा नर्सका लागि १९ जनाको नाम !

    हिमाली संचार संवाददाता
    ४६९ पटक

    रत्नप्रसाद आचार्य/धरान – बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले लिएको स्टाफ नर्सको परीक्षामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुनसरीले १९ जनाको नाम सिफारिस गरेको खुलासा भएको छ। प्रतिष्ठानले कोभिड अस्पताल संचालनका लागि बिरामीको उपचारमा खट्ने ५० जना नर्सलाई भर्ती गर्न विज्ञापन खुलाइएको थियो। त्यसमध्ये १९ जनाको नाम नेकपाले सिफारिस गरेको हो।

    सरकारी संस्थाले पदपूर्तिका लागि विज्ञापन खुलाए पश्चात परीक्षा समिति गठन गरी लिखित परीक्षा संचालन गर्नुपर्ने र लिखित परीक्षामा उर्तिण भएका उमेद्वारलाई मौखिक परीक्षामा सामेल गराई छनोट गर्नुपर्ने लोकसेवा आयोगका प्रावधान छ तर, प्रतिष्ठानका पदाधिकारीको मिलेमतोमा लिखित परीक्षा नै संचालन नगरी फाराम भरेका उमेद्वारलाई मौखिक परीक्षा मात्र लिएको छ। मौखिक परीक्षा अर्थात् अन्तवार्ता सोमबार सकिएको छ।

    नर्सको मौखिक परीक्षा सकिने बित्तिकै नेकपा सुनसरीका नेताले छलफल गरेर परीक्षामा सामेल भएका १९ जनाको नाम प्रतिष्ठानका रजिष्ट्रारलाई सिफारिस गरेका छन्। नेकपाले सिफारिस गरेका १९ नर्सको नाम लिष्ट सार्वजनिक भएको छ।

    नेकपाले स्टार्फ नर्स भर्तीका लागि प्रतिष्ठानका पदाधिकारीलाई दबाब दिएपपछि अन्तिम नतिजा निष्पक्ष हुनेमा अन्य उमेद्वारले शंका गरेका छन्।

    नेकपा सुनसरीले धरान उपमहानगरपालिका १५ का वडाध्यक्ष नरेश इवारामकी छोरी नयन इवारामको नाम स्टाफ नर्सका लागि नम्बर १ मा सिफारिस गरेको छ। त्यस्तै अनुमा लिम्बु (३६६), विद्या खनाल (३९२), आस्था विश्वकर्मा (२३), आस्था मग्राती (१७०), मोनिका कट्वाल(४०३), कविता भुजेल (२११) रोल नम्बर भएका उमेद्वारलाई नेकपाले सिफारिस गरेको छ।

    त्यस्तै सुप्रिया खड्का(४), आस्था चौधरी (२७१), सन्जु राई (३७१), चन्द्रकला तामाङ (२४), रमिला मग्राती (१८७), मेरिना लिम्बु (८६), सारा गुरुङ (१५७), जुनु राई (१६४), लिजा कालिकोटे (२२), उज्जलता कट्वाल (५९), कुस्मा भट्टराई (१८६), सविना लामा (१९४) लाई स्टाफ नर्स भर्तीका लागि नाम सिफारिस गरिएको छ।

    नेकपा धरानका सचिव सुदर्शन श्रेष्ठले पार्टीका साथीसंग सल्लाह गरेरै स्टाफ नर्स भर्तीका लागि १९ जनाको नाम सिफारिस गरिएको स्वीकार गरेका छन्। प्रतिष्ठानका रजिष्ट्रार मोहन चन्द्र रेग्मीले १९ जनाको नाम सामाजिक संजालमा देखेको भए पनी यस पटकको परीक्षा निष्पक्ष रुपमा संचालन गरिएको बताए। उनले स्टाफ नर्सको अन्तिम नतिजा योग्यता र दक्षताका आधारमा प्रकाशित हुने बताए। नेताले कुनै दबाब नदिएको उनको भनाइ छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २४ गतेको राशिफल

    आज कार्तिक २४, २०८२ (नोभेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    देश चलाउने र जलाउने एउटै समूहमा भएको ओलीको टिप्पणी

    काठमाडौं, कार्तिक २३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आन्दोलन गर्ने र सत्ता...

    भाटभटेनी सुपरमार्केट मर्मत गर्दा दुर्घटना, एकको मृत्यु

    काठमाडौं, कार्तिक २३ – काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको...

    पोखरामा तार भूमिगत गर्ने काम ६० प्रतिशत पूरा, चैतभित्र सम्पन्न गर्ने लक्ष्य

    पोखरा, कार्तिक २३ – गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना अहिले ६०...

    काठमाडौंमा खुला ठाउँमा फोहोर फाल्न रोक, उल्लङ्घन गरे १० हजार जरिवाना

    काठमाडौं, कार्तिक २३ – काठमाडौं महानगरपालिकाले अब खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य सामग्री र फोहोर फाल्न...