News Portal

बाक्सिलाको धिर्नुडाडा स्थित जिएसएम र सिडीएमएको टावरमा विधुत जडान

हिमाली संचार संवाददाता
५४९ पटक

दिलीप राई, बाक्सिला – खोटाङ जिल्लाको उत्तरी भेगमा अबस्थित केपिलासगढी गाउपालिका वडा नं. ४ स्थित बाक्सिलाको धिर्नुडाडामा रहेको जिएसएम र सिडीएमएको टावरमा केन्द्रीय विधुत जडान गरिएको छ ।

पालिका अध्यक्ष कृष्ण कुमार राईका अनुसार आज केपिलासगढी बाक्सिला वडा नं.४ स्थित धिर्नुडाडामा जिएसएम र सिडीएमएको टावरमा विधुत जडान गरिएको जानकारी दिएका हुन् । लामो समयदेखि विभिन्न कारणले मर्मत सम्भार समेत नभएको उक्त टावरको प्राविधिक चेकजाच पछि संचालनमा आएको समेत पालिका अध्यक्ष राईले बताएका छन् । 

विधुत जडान नहुदा गत चैत्रमा विधुत अवरुद्ध हुदा टेलिफोन सेवामा समस्या रहेको जनगुनासो रहेको भएपनी यसको सम्बोधन सम्बंधित निकायले गरेको थिएन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, ऐसेलुखर्क गाउपालिका र केपिलासगढी गाउपालिका लगायतका जनता लाभान्वित हुने भएका हुन् ।

विधुत जडान नहुदा टावर संचालन हुन सकेको थिएन । लामो समयदेखि प्रभावित टावर मर्मत, नेपाल विधुत प्राधिकरणका प्राविधिक टोलीलाई पालिका अध्यक्ष राईले  विशेष धन्यबाद दिएका समेत दिएका छन् ।

सदरमुकाम दिक्तेलमा फोर’जी फाइवरबाट संचालनमा रहेपनी अन्य पालिकाहरुमा प्राविधिक कारणले समस्या रहेको छ । यसमा प्राविधिक समस्या रहेको बुझिएको छ। जसको लागि हरेक कोणबाट यसको प्रभावकारीमा आफ्नो दबाब रहने समेत जानकारी दिएका राईले यस क्षेत्रमा फोर’जी नेट चाडै संचालन हुने विश्वास ब्याक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...