News Portal

पूर्वमन्त्री र जिल्ला प्रमुखले हेलम्बु गाउँपालिका पहिरो पिडितलाई राहत वितरण गरे

दुर्गा श्रेष्ठ
४०१ पटक

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ५ बोल्देका पहिरो पिडितलाई राहत वितरण गरिएको छ । पूर्व मन्त्री एवम सांसद शेरबहादुर तामाङ जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्ण गोपाल तामाङ लगाएतले विस्थापितको घरदैलोमा पुगेर पहिरोको अनुगमन समेत गरेको छ ।

अनुगमन गर्ने दौरानमा पहिरो पीडित विस्थापितलाई अस्थायी वासस्थानको लागी आवस्यक सामाग्री प्रदान गरिएको छ ।

पूर्व मन्त्री एवम सांसद शेरबहादुर तामाङको पहलमा बोल्देका विस्थापितलाई राहत सामाग्री उपलव्ध गराइएको हो । सांसदसहित जिल्ला समन्वय समितिका सभापति कृष्णगोपाल तामाङ सामेबार राहत सामाग्री लिएर बोल्दे पुग्नुभएको थियो ।

पहिरोले घरवास नै जोखिममा परेपछि विस्थापित स्थानीयका लागी खानेपानीका लागी पाईप, अस्थायी शौचालय र म्याट लगायतका सामाग्री प्रदान गरिएको छ । यसअघि नै जिल्ला समन्वय समितिले बोल्देका विस्थापितका लागी टेण्ट लगायतका सामाग्री व्यवस्था मिलाइसकेको छ ।

बोल्देबासीका लागी तत्काललाई अस्थायी व्यवस्थापन भएपनि उनीहरुको स्थायी वासस्थान व्यवस्थापनमा अब लाग्नुपर्ने पूर्व मन्त्री एवम सांसद शेरबहादुर तामाङले बताउनुभयो । सांसद तामाङले अब जिल्लामा जति पनि बिस्थापित भएका छन् ति सबैलाइ सुरक्षित स्थानमा स्थानान्तरण गर्न पहल भइरहेको बताउनुभयो ।

उहाँले नमुना एकिकृत बस्तिको निमार्ण गरि विस्थापितहरुलाई स्थानान्तरण गर्न प्राविधिक सर्बेको काम भइरहेको पनि बताउनुभयो । स्थानियले जंगली जनावरले समेत आफुहरुलाई बस्न खान नदिएको भन्दै गुनासो गरेपछि तामाङले वैकल्पिक खेतिको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

पिडितहरुलाइ सम्बोधन गर्दै जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्ण गोपाल तामाङले अब सबै पालिकाका जनप्रतिनिधि भएर साझा ढंगले अगाडि बढ्ने छलफल भइरहेको भन्दै विस्थापितहरुको उचित ब्यबस्थापनका लागि काम भइरहेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...