News Portal

विद्यालयको शिक्षक नियुक्तिको प्रक्रिया बुझ्न खोज्दा कुटपिट

हिमाली संचार संवाददाता
५२४ पटक

दैलेख – विद्यालयको कर्मचारी नियुक्तिको प्रक्रिया बुझ्न खोज्दा कुटपिट भएको छ। दैलेखको भैरवी गाउँपालिकास्थित महादेव माध्यामिक विद्यालय पानीपोखरामा गरिएको कम्प्युटर शिक्षकको नियुक्त सम्बन्धमा बुझ्न खोज्दा स्थानीय जीवन आचार्यलाई सोही गाउँका भरत बुढाले कुटपिट गरेका हुन्।

विद्यालयको कम्प्युटर शिक्षकमा खुल्ला विज्ञापन नगरी आन्तरिक प्रक्रियाबाट स्थानीय टेकेन्द्रराज आचार्यलाई नियुक्ति गरिएको पिडीत आचार्यले जानकारी दिए। ‘विद्यालयको कम्प्युटर शिक्षकमा नियुक्ति कुन प्रक्रियाबाट गरिएको हो। खुल्ला प्रतिस्पर्धाबाट छनौट गर्नुपर्नेमा किन सोझै आन्तिरक प्रक्रियाबाट नियुक्ति गरियो भन्ने कुरा सोध्दै थिए।’ पिडीत आचार्यले भने, ‘मेरो प्रश्नको जवाफ मुक्काबाट दिइयो।

पीडक भरत बुढा भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बुढाका छोरा हुन् भने नियुक्ति गरिएका शिक्षक टेकेन्द्रराज आचार्य अध्यक्ष बुढाका छोरी ज्वाईं हुन्। विद्यालयमा शिक्षक नियुक्ति प्रक्रियाकै सम्बन्धमा प्रदेश सभा सांसद सुशील थापा र गाउँपालिका अध्यक्ष बुढाको रोहवरमै आफुमाथि कुटपिट गरिएको पिडीत आचार्यले बताए।

‘विद्यालयको गतिविधिका बारेमा बुझ्न पाउनु मेरो अधिकार हो।’ पिडीत आचार्यले भने, ‘सार्वजनिक स्थलको सूचना माग्दा मलाई कुटपिट गरिनु सूचना पाउने अधिकारबाट बन्चित गर्न खोजिएको हो। आफुमाथि कुटपिट भएपछि न्यायका लागि प्रहरी चौकी खम्बगाडेमा उजुरी दिने तयारी भईरहेको पिडीत आचार्यले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...