News Portal

विद्यालयको शिक्षक नियुक्तिको प्रक्रिया बुझ्न खोज्दा कुटपिट

हिमाली संचार संवाददाता
४८४ पटक

दैलेख – विद्यालयको कर्मचारी नियुक्तिको प्रक्रिया बुझ्न खोज्दा कुटपिट भएको छ। दैलेखको भैरवी गाउँपालिकास्थित महादेव माध्यामिक विद्यालय पानीपोखरामा गरिएको कम्प्युटर शिक्षकको नियुक्त सम्बन्धमा बुझ्न खोज्दा स्थानीय जीवन आचार्यलाई सोही गाउँका भरत बुढाले कुटपिट गरेका हुन्।

विद्यालयको कम्प्युटर शिक्षकमा खुल्ला विज्ञापन नगरी आन्तरिक प्रक्रियाबाट स्थानीय टेकेन्द्रराज आचार्यलाई नियुक्ति गरिएको पिडीत आचार्यले जानकारी दिए। ‘विद्यालयको कम्प्युटर शिक्षकमा नियुक्ति कुन प्रक्रियाबाट गरिएको हो। खुल्ला प्रतिस्पर्धाबाट छनौट गर्नुपर्नेमा किन सोझै आन्तिरक प्रक्रियाबाट नियुक्ति गरियो भन्ने कुरा सोध्दै थिए।’ पिडीत आचार्यले भने, ‘मेरो प्रश्नको जवाफ मुक्काबाट दिइयो।

पीडक भरत बुढा भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बुढाका छोरा हुन् भने नियुक्ति गरिएका शिक्षक टेकेन्द्रराज आचार्य अध्यक्ष बुढाका छोरी ज्वाईं हुन्। विद्यालयमा शिक्षक नियुक्ति प्रक्रियाकै सम्बन्धमा प्रदेश सभा सांसद सुशील थापा र गाउँपालिका अध्यक्ष बुढाको रोहवरमै आफुमाथि कुटपिट गरिएको पिडीत आचार्यले बताए।

‘विद्यालयको गतिविधिका बारेमा बुझ्न पाउनु मेरो अधिकार हो।’ पिडीत आचार्यले भने, ‘सार्वजनिक स्थलको सूचना माग्दा मलाई कुटपिट गरिनु सूचना पाउने अधिकारबाट बन्चित गर्न खोजिएको हो। आफुमाथि कुटपिट भएपछि न्यायका लागि प्रहरी चौकी खम्बगाडेमा उजुरी दिने तयारी भईरहेको पिडीत आचार्यले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...