News Portal

पर्यटक भित्र्याई हेलम्बुवासीलाई अर्थतन्त्रमा अब्बल बनाउने

हिमाली संचार संवाददाता
२९४ पटक

सिन्धपाल्चोक – जिल्लाको प्रमुख पर्यटकीय गाउँ हेलम्बुमा पनि अब साहसिकखेल बञ्जी जम्प सञ्चालन हुने भएको छ । अब बन्ने पुलबाट एक सय ७३ मिटर उचाईबाट साहसिक खेल बञ्जी जम्प गर्न पाइने  भएको हो । हेलम्बु गाउँपालिका–१ स्थित ङिवादावामा बन्न लागेको पुलबाट बञ्जी जम्प खेल सञ्चालन गरिन लागिएको गाउँपालिकाले जनाएको छ ।

करिब ३९ लाखमा बन्ने पुलको ठेक्का सम्झौतासमेत भइसकेको छ । पुलको लम्बाई कुल तीन सय ७० मिटर लामो हुनेछ । डिपिआरले रु पाँच करोड ३९ लाख बजेट लाग्ने अनुमान गरेको छ । वाग्मती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय सडक पूर्वाधार निर्देशनालयबाट १८ महिना अवधिमा सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको हो ।

हेलम्बुमा आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्न बञ्जी जम्प खेलाउने उद्धेश्यका साथ पुल निर्माण गरिन लागिएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए । बञ्जीको लागि गाउँपालिकाले गत वर्ष डा एनएल जोशी कन्सल्टेन्सीलाई विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार गर्ने जिम्मा दिएको थियो ।

ह्योल्मो जातीप्को बसोबास रहेको हेलम्बु धार्मिक सांस्कृतिक र प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । पर्यटन प्रवद्र्धनका लागि ६० किलोमिटर लामो ग्रेटट्रेलको निर्माण कार्य अधिल्लो वर्षबाट सुरु भइसकेको छ । ‘पर्यटक भित्र्याई हेलम्बुवासीलाई अर्थतन्त्रमा अब्बल बनाउने यो अभियान हो,’ गाउँपालिका अध्यक्ष शेर्पाले भने, ‘ झोलुङ्गे पुल तयार भएपछि बञ्जी जम्पको कामको थालनी गरिनेछ । साहसिक खेल बञ्जी खेलाइने पुलले स्थानीय पाङगाङमा र धवागाङ गाउँलाई जोड्छ ।

पुल िनर्माण भएपछि एक गाउँबाट अर्को गाउँ पुग्न अहिले खर्चिदै आएको झण्डै पाँच घण्टाको समय बढीमा पाँच मिनेटमा पार गर्न सकिने गाउँपालिकाका सव—इन्जिनीयर शेरबहादुर राईले बताए । ‘अहिले जनताले सास्ती पाइरहेका छन्,’ उनी भन्छन्, ‘पुल बनेपछि यात्रा सहज हुन्छ, उकाली ओराली गर्नुपर्ने झण्झण्डबाट गाउँवासीले छुटकारा पाउनेछन् ।’ पुल निर्माणपछि त्यहाँबाट नजिकै रहेको सिमिसिदाङ हिमाल पनि देख्न सकिन्छ । मेलम्ची आनेपानी आयोजनाको अम्बाथानमा रहेको मुहानसमेत हेर्न पाइने हुँदा पर्यटक आकर्षित हुने गाउँपालिका अध्यक्ष निमाग्याल्जेनले विश्वास गरे । कूल १६० मिटर उचाइको बञ्जी जम्प २०५६ सालदेखि जिल्लाको भोटेकोशी नदीमा सञ्चालन हुँदै आएको छ । अब बन्ने बञ्जी भोटेकोशीको भन्दा १३ मिटर बढी उचाइको हुने

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...