News Portal

पर्यटक भित्र्याई हेलम्बुवासीलाई अर्थतन्त्रमा अब्बल बनाउने

हिमाली संचार संवाददाता
२८१ पटक

सिन्धपाल्चोक – जिल्लाको प्रमुख पर्यटकीय गाउँ हेलम्बुमा पनि अब साहसिकखेल बञ्जी जम्प सञ्चालन हुने भएको छ । अब बन्ने पुलबाट एक सय ७३ मिटर उचाईबाट साहसिक खेल बञ्जी जम्प गर्न पाइने  भएको हो । हेलम्बु गाउँपालिका–१ स्थित ङिवादावामा बन्न लागेको पुलबाट बञ्जी जम्प खेल सञ्चालन गरिन लागिएको गाउँपालिकाले जनाएको छ ।

करिब ३९ लाखमा बन्ने पुलको ठेक्का सम्झौतासमेत भइसकेको छ । पुलको लम्बाई कुल तीन सय ७० मिटर लामो हुनेछ । डिपिआरले रु पाँच करोड ३९ लाख बजेट लाग्ने अनुमान गरेको छ । वाग्मती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय सडक पूर्वाधार निर्देशनालयबाट १८ महिना अवधिमा सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको हो ।

हेलम्बुमा आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्न बञ्जी जम्प खेलाउने उद्धेश्यका साथ पुल निर्माण गरिन लागिएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए । बञ्जीको लागि गाउँपालिकाले गत वर्ष डा एनएल जोशी कन्सल्टेन्सीलाई विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार गर्ने जिम्मा दिएको थियो ।

ह्योल्मो जातीप्को बसोबास रहेको हेलम्बु धार्मिक सांस्कृतिक र प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । पर्यटन प्रवद्र्धनका लागि ६० किलोमिटर लामो ग्रेटट्रेलको निर्माण कार्य अधिल्लो वर्षबाट सुरु भइसकेको छ । ‘पर्यटक भित्र्याई हेलम्बुवासीलाई अर्थतन्त्रमा अब्बल बनाउने यो अभियान हो,’ गाउँपालिका अध्यक्ष शेर्पाले भने, ‘ झोलुङ्गे पुल तयार भएपछि बञ्जी जम्पको कामको थालनी गरिनेछ । साहसिक खेल बञ्जी खेलाइने पुलले स्थानीय पाङगाङमा र धवागाङ गाउँलाई जोड्छ ।

पुल िनर्माण भएपछि एक गाउँबाट अर्को गाउँ पुग्न अहिले खर्चिदै आएको झण्डै पाँच घण्टाको समय बढीमा पाँच मिनेटमा पार गर्न सकिने गाउँपालिकाका सव—इन्जिनीयर शेरबहादुर राईले बताए । ‘अहिले जनताले सास्ती पाइरहेका छन्,’ उनी भन्छन्, ‘पुल बनेपछि यात्रा सहज हुन्छ, उकाली ओराली गर्नुपर्ने झण्झण्डबाट गाउँवासीले छुटकारा पाउनेछन् ।’ पुल निर्माणपछि त्यहाँबाट नजिकै रहेको सिमिसिदाङ हिमाल पनि देख्न सकिन्छ । मेलम्ची आनेपानी आयोजनाको अम्बाथानमा रहेको मुहानसमेत हेर्न पाइने हुँदा पर्यटक आकर्षित हुने गाउँपालिका अध्यक्ष निमाग्याल्जेनले विश्वास गरे । कूल १६० मिटर उचाइको बञ्जी जम्प २०५६ सालदेखि जिल्लाको भोटेकोशी नदीमा सञ्चालन हुँदै आएको छ । अब बन्ने बञ्जी भोटेकोशीको भन्दा १३ मिटर बढी उचाइको हुने

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...