News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • आफ्नै गुरुयोजना लत्याउदै नगरपालिका, लगाईएको तारबार भत्कायो

    हिमाली संचार संवाददाता
    ३७७ पटक

    सुर्खेत –  वीरेन्द्रनगर-८ शिवमन्दिर नजिक रहेको धर्मराज गौतमको जमिनमा सडक परेको भन्दै नगरपालिकाले जमिनमा लगाएको तारबार भत्काएको छ। नगरपालिकाले आफैले गरेको निर्णय कार्यान्यवन गर्न नस्कदा अहिले आफु समस्यामा पारेको गौतमको भनाई छ।

    वडा नम्बर ८ को ४४२९ कित्ता नम्बरको साढे ९ धुर जमिन २०५९ सालदेखि गौतमको नाममा छ। नगरपालिकाले आफैले बनाएको गुरुयोजना विपरित सडक निर्माण गर्दा अहिले यस्तो समस्या भएको हो। गौतमले आफ्नो जमिन नगरपालिकाको मापदण्ड अनुसारनै रहेको भन्दै १० मिटर सडक पछाडी आफ्नो जमिनभएको भन्दै उत्तरतर्फ सडक मिचिएको जिकिर गर्नुभयो।

    यसअघि गौतमले जमिन मिचेर बाटो नबनेकाले जग्गा हकभोग गर्न पाउ भन्दै निवेदन दिएपछि नगरपालिकाले स्थलगत नापजाच गर्दा जमिन गौतमकै भएको निष्कर्ण निकालेको थियो। नगरपालिकाले २०७६ पुसमा पत्र लेख्दै जमिन गौतमकै भएकाले साविक प्लानिङ अनुसार जमिनको हकभोक गर्न भन्दै गौतमका नाममा पत्र लेखेको थियो।

    त्यसपछि नगरपालिकाले गौतमलाई अस्थायी घर निर्माणको लागी भन्दै नक्सापासको प्रमाणपत्र समेत दिएको छ तर, अहिले पुन नगरपालिकाले त्यस क्षेंत्रका स्थानियले कपाउन्डवाल सडकभित्र पर्ने भन्दै निवेदन दिएपछि नगपालिकाले वाल भत्काएको छ।

    नगरपालिकाले यसअघि २०७२ माघ १० गते ३२८३ नम्बरको चलानीपत्र जारीगर्दै गुरुयोजना विपरीत २०५९ सालमा सतह ढल निर्माण भएको भन्दै अव सडक निर्माण गर्दा गुरुयोजनाको कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको थियो तर, त्यो नगरपालिकाको प्रतिबद्धता केबल निबेदनमा मात्र समिति भयो गुरुयोजना कार्यान्यवनमा आएन।

    नगरपालिकाले २०७५ जेठ ६ गते १७५५ नम्बरको चलानीपत्र जारीगर्दै सडक कालोपत्रगर्दा गौतमको जमिन छाडेर उत्तरपर्फ ३ मिटर जग्गा छोडेरमात्र सडक पिच निर्माण गर्ने सहमति भएको उल्लेख गरेको छ।

    गौतमले आफ्नो जमिन भएपनि आफुले उपभोग गर्न नपाएको भन्दै पुनः२०७६ जेठ २९ गते नगरपालिकामा गुरुयोजनाअनुसार प्लानिङ नभएको भन्दै निवेदन दिनुभयो। त्यसपछि नगरपालिकाले २०७६ असार ९ गते ४४२९ नम्बरको कित्ता गुरुयोजना अनुसार सतह निर्माण गरेको ठाँउमा मापदण्ड भन्दा विपरित अर्थात गौतमको माग सहित भएको दाबी गर्दै अर्को पत्रसमेत घरधनिलाई दिएको छ।

    यसरी नगरपालिकाले पटकपटक जमिन आफ्नै भएको भन्दै निर्णय गर्ने गरेपनि अहिले आएर जमिनमा लगाएको तारबार भत्काएको गौतमले गुनासो गर्नुभयो।

    नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले यसअघि पुनर्नापीबाट प्लानिङ अनुसार जमिन गौतमकै भएको भन्दै पत्र लेख्नुभएको थियो तर, अहिले पुनः त्यो जमिन गुरुयोजना विपरीत रहेको भन्दै आफुले लगाएको तारबारसमेत भत्काएकाले आफु बाध्य भएर मिडियामा आउनुपर्ने उहाँले गुनासो गर्नुभयो।

    गौतमले पुरानो प्लानिङ अनुसार सडक नबनेकाले अहिले आफुलाई अफठ्यारोमा पारेको भन्दै सत्ततथ्य छानिविन हुनुपर्ने माग गर्नुभयो। नगरपालिकाको गैरजिम्मेवार निर्णयबाट आफुहरुलाई धेरै बर्षदेखि अनबश्यक समस्या हुने भन्दै पिडितले जमिन आफुलाई उपलब्ध गराईदिन माग गर्नुभयो।

    पछिल्लो समय नगरपालिकाको दादागिरी शैली अपनाउदा आफ्नो परिवारमासमेत अप्ठ्यारो परेको उहाँको भनाई छ। उहाँले त्यसक्षेत्रमा सडक नै बनाउने भएपनि आफुलाई वडा नम्बर ८ कै अन्य कुनै ठाँउमा जग्गा उपलब्ध गराइदिन माग गर्नुभयो।

    वीरेन्द्रनगरको गुरुयोजना कार्यान्यवन गराउने निकायले नै यसरी गुरुयोजना विपरीतकाम गर्दा नगरबाट आमनागरिकले कस्तो खालको अपेक्षाँ गर्ने भन्दै प्रश्न गर्नुभयो। नगरपालिकाले आफुले गरेको गल्ती तत्काल नसच्याए आफुले कानुनी बाटो समात्ने उहाँको भनार्इ छ।

    यसरी आफूसंग भएको जमिन नगरपालिकाले सडक बनाउने अनि आफ्नो परिवार बिचल्ली पार्ने काम भएकाले अहिले जमिनकै कारण आफु र आफ्नो परिवार तनाब रहेको उहाँको भनार्इ छ।

    यता नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले नगरपालिका भित्र अनुमति नलिएर बनाएकाले भत्कार्इएको बताउनुभयो। उहाँले नगरपालिकाले अस्थायी घर निर्माणको लागी अनुमति दिएको तर जग्गाधनीले कम्पाउन्ड लगाएपछि भत्कार्इएको जिकिर गर्नुभयो।

    प्रशासकिय अधिकृत ढकालले लगतकट्रा नगरेर सडक बनाएकाले समस्या भएको भन्दै अन्य स्थानमा पनि यस्तो समस्या रहेको उल्लेख गर्नुभयो। जग्गाको क्षेति पाउने कुरामा अहिले नै आफुले भन्न नस्कने स्पस्ट पार्नुभयो।

    प्रतिकृया दिनुहोस्

    कुवेतबाट नेपाल पैसा पठाउँन लागि सजिलो र भरपर्दो बैंक ‘अमन एक्सचेन्ज’

    कुवेतको अमन एक्सचेन्जबाट नेपालको आईएमई पे वालेट खातामा र आईएमई बैंककाे काउण्टर तथा जुनसुकै बैंक...

    आयुर्वेदिक स्वास्थ्य केन्द्रमा बिरामीकाे चाप बढ्दै

    मोरङ। माेरङकाे रंगेली नगरपालिका ७ स्थित वडा कार्यलयकाे भवनमा बिगत ४ बर्षदेखी मेरो स्वास्थ्य मेरो...

    पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै

    ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दै गएको छ। पाथीभराको दर्शनसँगै...

    भेटेरिनरी अस्पताल अस्तब्यस्त, सेवा नपाउँदा किसान निराश

    सिरहा। सदरमुकाममा सिरहाम रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र अस्तव्यस्त अवस्थामा रहेको छ। अस्पताल...

    इजरायल र हिजबुल्लाहबीच युद्धविराम

    एजेन्सी। अमेरिका र फ्रान्सद्वारा मध्यस्थ गरिएको सम्झौतामा दुवै पक्ष सहमत भएको भन्दै अमेरिकी राष्ट्रपति जो...