News Portal

पर्यटनमन्त्री भट्टराईको जन्मदिनमा मुस्कान खातुनलाई सहयोग

हिमाली संचार संवाददाता
४७१ पटक

काठमाण्डौ । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले एसिड पीडित मुस्कान खातुनलाई एक महिनाको आफ्नो तलव ५० हजार सहयोग दिएर जन्मदिन मनाएका छन् । जन्मदिनको अवसरमा मुस्कान खतुनलाई मन्त्रालयमै बोलाएर मन्त्री भट्टराईले नगद ५० हजार रूपैयाँ प्रदान गरेको उनको स्वकीय प्रेस गुराइले जानकारी दिएका छन ।

भट्टराईले विगतदेखि नै आफ्नो जन्मदिनको अवसरमा केही न केही रचनात्मक काम गर्दै आएका छन। भट्टराईले आफ्नो फेसबुक स्टाटस लेख्दै भनेका छन: “आज मेरो खातुनको जन्मदिन शिक्षाका लागि मैले प्राप्त गर्ने एक महिनाको पारिश्रमीकमा कर र लेबी कटाएर सहयोग गरेको छु।” मन्त्री भट्टराईले विगतका बर्ष झै आफ्नो जन्मदिनको अवसरमा यस बर्ष एसिड पिडित बालिका खातुनलाई आर्थिक सहयोग  गरेका हुन । 

गत भदौ २० गते घरवाट विद्यालय जादै गर्दा वीरगञ्जमा खातुनमाथि दुई युवाले एसिड प्रहार गरेका थिए । एसिड प्रहारवाट घाइते उनको अहिले पनि उपचार चलिरहेको छ । मन्त्री भट्टराईले खातुनलाई सहयोग गरेपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन । 

“गत माघ महिनामा होटल हायातमा आयोजना भएको एक भब्य कार्यक्रममा मुस्कान खातुनसँग भेट हुन पुग्यो । केही समय पहिले उहाँमाथि एसिड प्रहार भएको थियो । त्यो समाचार विभिन्न संचार माध्यमबाट सार्वजनिक भएपछि मैले थाहा पाएको थिएँ । हायातको कार्यक्रममा बहिनी मुस्कानको बुलन्द भाषणमा सहभागीहरुले तालीको गडगडाहावटले मुस्कानलाई उत्साहित बनायो ।

जब मञ्चमा मैले मुस्कानलाई सम्मान गर्ने मौका पाए उहाँको उच्च शिक्षाका लागि आफ्नो तर्फबाट केही सहयोग गर्ने बचन दिएको थिएँ । आज मेरो जन्मदिन तिनै मुस्कान र उनी जस्तै असह्य पीडामा रहेका मुस्कानहरुमा समर्पित गर्न चाहन्छु् । बहिनीको शिक्षाका लागि मैले प्राप्त गर्ने एक महिनाको पारिश्रमीकमा कर र लेबी कटाएर सहयोग गरेको छु ।”

मन्त्री भट्टराईले थप थपेका छन् : “केही दिन अघि मात्र प्रधानमन्त्रीज्यूले मुस्कानलाई बालुवाटरमा बोलाएर उहाँको शिक्षाको ब्यवस्था मिलाउने बचन दिनु भएको छ । मुस्कानलाई डाक्टर बन्ने इच्छा छ बहिनी मुस्कान तपाईको डाक्टर बन्ने आकांक्षा पुरा हुनेछ । हार्दिक शुभकामना मन्त्री भट्टराईले फेसबुक स्टाटस लेखेका छन् ।”

प्रतिकृया दिनुहोस्

मतगणना अपडेट : समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य...

भक्तपुर–२ को नतिजापछि बस्नेत बोले– जनताको निर्णय सर्वोपरि

भक्तपुर–२ मा पराजित बस्नेत: जनताको निर्णय सम्मान गर्छु काठमाडौं — भक्तपुर क्षेत्र नम्बर २ बाट...

सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश

सर्लाही-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक...

आज २०८२ साल फागुन २३ गतेको राशिफल

आज फागुन २३, २०८२ ( मार्च ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...