News Portal

जाल्पा देवी माध्यमिक विद्यालय परिसर भित्र चियाको विरुवा रोपियो

हिमाली संचार संवाददाता
६३१ पटक

दुर्गा श्रेष्ठ, सिन्धपाल्चोक – मेलम्ची नगरपालिका वडा नं २ स्थित जाल्पा देवी माध्यमिक विद्यालय परिसर भित्र करिब २ सय ७५ वटा चियाको विरुवा आज रोपिएको छ ।

विद्यालय सफा स्वच्छ, हरीयाली बनाउन विद्यालय वरपर बिरुवा रोपिएको कुरा विद्यालय व्याबस्थापन समितिका अध्यक्ष शंकर खतिवडाले हिमाली संचारसंगको कुराकानीमा बताएका छन् । 

एभेरेष्ट चिया बगानको सहयोगमा चियाको विरुवा विद्यालयलाई सहयोग भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर खतिवडाले बताएका हुन् । पहिलो चरण अन्तर्गत २ सय ७५ वटा विरूवा रोप्ने काम सम्पन भएको हो ।

दोस्रो चरणमा बगैचामा धुपी ,कपुर ,पारिजात ,रूद्राक्ष र तेस्रो चरणमा खेलमैदान बनाउने कार्यक्रम रहेको विद्यालयका निमित्त प्रधानध्यापक रामप्रसाद खतिवडाले बताए । वडा अध्यक्ष सन्त वहादुर तामाङ, विधालय व्याबस्थापन समितिका अध्यक्ष खतिवडा, विद्यालयका निमित्त प्रधानाध्यापक तिवडाको पहलमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...