News Portal

पहिरोको उच्च जोखिममा लिस्ती पाँउगुम्बा गाऊँ

हिमाली संचार संवाददाता
४६३ पटक

दुर्गा श्रेष्ठ, सिन्धुपाल्चोक – भोटेकोशी गाँउपालिका लिस्ती पाँउगुम्बाको ६८ घरधुरी मध्ये २५ घरधुरी पहिरोले तान्न थालेको छ। पहिरो गएको स्थानमा छोप्नका लागि वडा कार्यालयले ६३ थान त्रिपाल उपलब्ध गराएको वडा अध्यक्ष मुके शेर्पाले जानकारी दिएका छन्।

अविरल बर्षासंगै पहिरोले जताततै छिया छिया पारेपछि विस्थापित परिवारलाई कँहा सार्ने स्थानीय सरकार अन्यौलमा छन् । तर केन्द्र र प्रदेश सरकार भने स्थानीय जनता र स्थानीय जनप्रतिनिधिले पटक पटक बस्ती स्थानान्तरण लागि आग्रह गर्दापनि बेवास्ता गरेका छन् । पहिरो पिडीत र विस्थापित परिवारका लागि सामान्य स्वास्थ्य सुरक्षाका सामग्री समेत उपलब्ध गराएका छैनन् ।

लगातारको बर्षापछि पछिल्लो समय सिन्धुपाल्चोकका बस्तीहरुमा बाढी र पहिरोको उच्च जोखिम रहेको छ। जोखिम बढेपछि बस्तीहरु विस्थापित हुन थालेका छन् । पहिरोले जताततै छिया छिया पारेपछि विस्थापित परिवारलाई कँहा सार्ने स्थानीय सरकार अन्यौलमा छन् । तर केन्द्र र प्रदेश सरकार भने जनता र स्थानीय सरकारले पटक पटक बस्ती स्थानान्तरण लागि आग्रह गर्दापनि आवश्यक सहयोग गरेका छैनन् । 

स्थानीय सरकारले कोरोनाको महामारीका कारण भेला र जमघटलाई निषेध गरेको भएपनि पाँउगुम्बाका बासिन्दा भने समुहमा बस्न बाध्य बनेको स्थानीय ल्हामु याङचेन लामाले बताइन् । उनका अनुसार समान्य सुरक्षा सावधानी समेत अपनाउन नपाएका बताइन् ।

भूकम्पको पराकम्पनले बस्तीमाथिको भूभाग चिराचिरा पारेको छ । पानी पर्दा बस्तीको माथिल्लोभाग पुँरिदै आउँदा यहाका बासिन्दा झनै त्रसित बनेका छन् । उच्च जोखिमकै कारण कति परिवारका सदस्यले बस्तीनै छोडेर अन्यत्र विस्थापित भएका छन् । गाँउमै बस्नेहरुमा पनि कोरोनाको डर थपिएको छ फ्र्केल लामा बताउँछन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...