News Portal

पहिरोको उच्च जोखिममा लिस्ती पाँउगुम्बा गाऊँ

हिमाली संचार संवाददाता
४७९ पटक

दुर्गा श्रेष्ठ, सिन्धुपाल्चोक – भोटेकोशी गाँउपालिका लिस्ती पाँउगुम्बाको ६८ घरधुरी मध्ये २५ घरधुरी पहिरोले तान्न थालेको छ। पहिरो गएको स्थानमा छोप्नका लागि वडा कार्यालयले ६३ थान त्रिपाल उपलब्ध गराएको वडा अध्यक्ष मुके शेर्पाले जानकारी दिएका छन्।

अविरल बर्षासंगै पहिरोले जताततै छिया छिया पारेपछि विस्थापित परिवारलाई कँहा सार्ने स्थानीय सरकार अन्यौलमा छन् । तर केन्द्र र प्रदेश सरकार भने स्थानीय जनता र स्थानीय जनप्रतिनिधिले पटक पटक बस्ती स्थानान्तरण लागि आग्रह गर्दापनि बेवास्ता गरेका छन् । पहिरो पिडीत र विस्थापित परिवारका लागि सामान्य स्वास्थ्य सुरक्षाका सामग्री समेत उपलब्ध गराएका छैनन् ।

लगातारको बर्षापछि पछिल्लो समय सिन्धुपाल्चोकका बस्तीहरुमा बाढी र पहिरोको उच्च जोखिम रहेको छ। जोखिम बढेपछि बस्तीहरु विस्थापित हुन थालेका छन् । पहिरोले जताततै छिया छिया पारेपछि विस्थापित परिवारलाई कँहा सार्ने स्थानीय सरकार अन्यौलमा छन् । तर केन्द्र र प्रदेश सरकार भने जनता र स्थानीय सरकारले पटक पटक बस्ती स्थानान्तरण लागि आग्रह गर्दापनि आवश्यक सहयोग गरेका छैनन् । 

स्थानीय सरकारले कोरोनाको महामारीका कारण भेला र जमघटलाई निषेध गरेको भएपनि पाँउगुम्बाका बासिन्दा भने समुहमा बस्न बाध्य बनेको स्थानीय ल्हामु याङचेन लामाले बताइन् । उनका अनुसार समान्य सुरक्षा सावधानी समेत अपनाउन नपाएका बताइन् ।

भूकम्पको पराकम्पनले बस्तीमाथिको भूभाग चिराचिरा पारेको छ । पानी पर्दा बस्तीको माथिल्लोभाग पुँरिदै आउँदा यहाका बासिन्दा झनै त्रसित बनेका छन् । उच्च जोखिमकै कारण कति परिवारका सदस्यले बस्तीनै छोडेर अन्यत्र विस्थापित भएका छन् । गाँउमै बस्नेहरुमा पनि कोरोनाको डर थपिएको छ फ्र्केल लामा बताउँछन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...