News Portal

नेपाली कांग्रेस काेरिया सम्पर्क मञ्चद्वारा आर्थिक सहयोग

हिमाली संचार संवाददाता
४९३ पटक

रबिन्द्र बराल, माेरङ– मोरङको रंगेली नगरपालिका ३ स्थित रञ्जनी चाेक नजिकै बसाेवास गर्दे आएका चेतनाथ दाहालका १६ बर्षिया छाेरी कञ्चन दाहाल तीन बर्षकाे उमेरमा ढाडमा पिलो आएपछि डाक्टरको सल्लाह अनुसार पिलाेको अप्रेशन गराए पछि कञ्चन अपाङ भएकी थिइन ।

उनी अहिले हुईलचियरको साहारमा आफ्नो दैनिकी विताई रहेकी छिन् । उनको स्वास्थ्य अवस्था देखेर नेपाली कांग्रेस काेरिया सम्पर्क मञ्चद्वारा उनकाे घर पुगेर आर्थिक सहयोग गरेको छ । काेरियमा रहेका नेपाली दाजु भाइहरुले रकम संकलन गरी उनको  घर पुगेर परिवारलाई आईतबार नगद ४२ हजार ३ सय रुपैयाँ सहयोग गरेका छन ।

उक्त रकम बालिकाको पालनपोषणका लागि हस्तान्तरण  गरिएको नेपाली कांग्रेस काेरिया सम्पर्क मञ्चका पुर्व सदस्य टंक श्याम भट्टराईले बताए। कार्यक्रममा वडा अध्यक्ष धनश्याम पनेरु, स्थानीय  विकाश  सिवाकोटी,  मञ्चका पुर्व सदस्य टंक बानियाँ लगायतको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...