आज : २०२६-०६-२७, शनिबार

मोरङमा लागुऔषध सहित दुई जना पक्राउ

रबिन्द्र बराल, मोरङ – मोरङको सुनवर्सी–८ खरेबारीबाट आउने क्रममा  लागुऔषध  सहित २ जना पक्राउ परेका छन ।

सिक्टि प्रहरी चाैकीबाट गस्तीमा खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा उनीहरुकाे साथबाट ६ बोतल इस्कुब र १९० गोटी ल्याब्रोरेट नामक प्रतिबन्धित औषधी फेला पारी बरामद गरिएकाे  प्रहरी जनाएको छ । 

लागुऔषध सहित को ४ प ९४६ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई चेकजाँच गर्ने क्रममा दुबै जना पक्राउ परेका प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा सुनवर्सी–४ का १९ बर्षीय सन्जु गनगाई र सुनवर्सी–८ का १८ बर्षीय भीम कुमार मण्डल रहेको प्रहरीले जानकारी दिएको हो । 

पक्राउ परेका दुबैलाई लागुऔषध ओसार पाेसर अन्तर्गत मुद्दा दर्ता गरिने इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालले बताए ।