News Portal

लिदी पहिरो पीडितलाई राहत वितरण गरियो

हिमाली संचार संवाददाता
३४८ पटक

सिन्धुपाल्चोक -जुगल गाउँपालिका वडा नं २ लिदी पहिरो पीडितलाई राहत वितरण गरिएको छ । सो राहत सामाजिक विकास मन्त्री युबराज दुलालले वितरण गरेका थिए ।

सेलाङ बासखर्कमा रहेका लिदि पहिरो बिस्थापित लागि होप एयरलाइन्स, होपमिन फ्यामेली र बिभिन्न ब्यक्तिहरुको सहयोगमा राहत वितरण गरिएको हो ।

वाङचुक राप्तेन लामा स्वास्थ्य कर्मी, समाजसेवीको संयोजनमा राहत सामाग्री उपलब्ध गराएका थियोे ।
विस्थापीत १७२ घर दुरीलाई प्रति घर चामल २५ केजी, दाल ५केजी, नुन २ प्याकेट, तेल ४ लिटर, चिनी २केजी, चिया पत्ती १ प्याकेट बितरण गरिएको थियो ।

राहत वितरण कार्यक्रममा वोल्दै मन्त्री दुलालले लिदीवासीले परेको समस्यालाई हल गर्दै जाने वताए ।
उनीले वाँसखर्कमा अस्थायी रुपमा वसेकाहरुलाई कसरी थायीरुपमा वस्ने वातावरण वनाउन सकिन्छ भनेर सरकारले सोचिरहेको समेत वताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...