News Portal

मेलम्ची नगरपालिकाका ३० घर पहिरोको उच्च जोखिममा

हिमाली संचार संवाददाता
३७८ पटक

दुर्गा श्रेष्ठ/सिन्धुपालचोक – मेलम्ची नगरपालिका ३० घर परिवार पहिरोको जोखिम रहेकाले स्थानान्तरण गर्नुपर्ने भएको छ। वडा नम्बर ६,७,८ र १० का गरि ३० घरपरिवार पहिरोको उच्च जोखिममा रहेको केही ठाउँमा पहिरोले घरनै लगेकाले अन्यत्र सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने देखिएको मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालले जानकारी दिए।

अनुगमनका क्रममा पहिरोबाट जोखिम भएका स्थानमा संरक्षण गरेर पनि नहुने देखिएकाले तकाल मानिसहरुलाई अन्यत्र सारिएको छ। उनीहरुको सुरक्षित स्थानान्तरणको व्यवस्थापनका लागि वडाहरुसँग समन्वय गरेर काम भइरहेको उनले बताए।

केहि व्यक्तिहरुलाई सुरक्षित स्थानमा भएका खाली घरहरुमा सारिएको छ। केही आफन्तकोमा र केहि त्रिपाल हालेर बसेका छन्। समस्त अवस्थाको अध्ययन गरी सुरक्षित वासस्थानको लागि नगरपालिकाले पहल गरिरहेको छ।

गृहमन्त्रालयले विपदमा (पहिरो, बाढी, कटान, डुबान) परि २०७७ मा पूर्णरुपमा क्षति भएका निजि आवासहरु निर्माणका लागि २०७२ मा भूकम्प आउँदा निर्माण गरिएका निजि आवासजस्तै प्रक्रियामा ती घरहरुको निर्माण गर्ने निर्णय गरेको छ।

प्रतिकृया दिनुहोस्

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...