News Portal

बागलुङ ढोरपाटनका बाढी पिडीतका लागि प्रतिव्यक्ति ५० हजार राहत वितरण

हिमाली संचार संवाददाता
४१६ पटक

काठमाण्डौ । बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा बुधबार आएको बाढीबाट ज्यान गुमाएका परिवारलाई प्रतिव्यक्ति ५० हजारका दरले राहत वितरण गरिएको गण्डकी प्रदेशका मुख्य पृथ्वी सुब्बा गुरुङ बताए ।

मन्त्री गुरुङका अनुसार बाढीमा बाँचेका तर घर गुमाएर विस्थापितहरुका लागि टेन्ट, मेट्रेस, भाँडाकुँडा, प्राथमिक उपचारका सामग्री, लगायत राहत सामग्री पनि आज हस्तान्तरण गरेका छौं । यी सामग्री आजै पोखराबाट लगेका हुन् । 

मन्त्री गुरुङ बाढी प्रभावितहरुको अस्थायी बसोबासका लागि तत्काल सहयोग गर्छाैं । यसमा पालिका र संघको पनि सहयोग हुनेछ । स्थायी आवास निर्माणका लागि संघ सरकारले उपलब्ध गराउने प्रतिपरिवार ३ लाख रुपैयाँमा गण्डकी प्रदेशले समेत थपेर सहयोग गर्नेछ । बाढी प्रभावितहरुको पक्की र भूकम्प प्रतिरोधी आवास बन्नुपर्छ भन्ने प्रदेश सरकारको मान्यता हामी साकार पार्नेछौं । 

मन्त्री गुरुङका अनुसार भुजीखोलाको किनार आफैंमा जोखिमपूर्ण ठाउँ रहेको यसको विपत्ति स्थानीय जनताले भोक्नु परेको, अब बाढी विस्थापितहरुलाई सुरक्षित स्थानमा एकीकृत बस्ती बनाएर राख्ने समेत जानकारी दिएका छन् । यो कामका लागि प्रदेश सरकारले काम सुरु गर्न बिलम्व गर्नुको छैन 

बाढी गएकै दिन घटनास्थल पुग्ने चाहना भएपनी मौसमी प्रतिकूलका कारण धटना स्थल पुग्न नसकेको पनि मन्त्री गुरुङले हिमाली संचारसंगको कुराकानीमा त्यसका लागि स्थानीय पिडीतसंग क्षमा याचना समेत गरेका थिए । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...