News Portal

“जिस्क्याएझैँ लाग्छ मलाई जूनले…!”

हिमालीसंचार संवाददाता
५४१ पटक

जिस्क्याएझैँ लाग्छ मलाई जूनले आजभोलि
व्याकुल पार्छ किन होला धुनले आजभोलि

मानवता हराएर स्वार्थ हाबी भयो
चिनिँदैन मान्छे पनि गुनले आजभोलि

शिक्षा मात्र अजम्मरी धन हो भन्थे गुरु
पाएको छ महत्त्व त सुनले आजभोलि

बाडुली पो सम्झनाको चिनो भएको छ
ढुकढुकी पठाउँदैनन् उनले आजभोलि

फूललाई बिम्ब भनौँ या दियोलाई प्रतीक
अर्थ देला कवितामा कुनले आजभोलि।।

– दुर्गा श्रेष्ठ, सिन्धुपाल्चोक

प्रतिकृया दिनुहोस्

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...