News Portal

  • विद्युत् प्राधिकरणमा कुलमान दोहोरिने

    हिमालीसंचार संवाददाता
    ४६१ पटक

    पूजा चँदारा/काठमाडौं – नेपाल विद्युत् प्राधिकरणको आगामी चारवर्षे कार्यकालका लागि पुन कुलमान घिसिङलाई जिम्मेवारी दिने सम्भावना बढ्दै गएको छ। घिसिङको कार्य कुशलता र पब्लिक सेन्टिमेन्टलाई मध्यनजर गर्दै उनकै कार्यकाललाई निरन्तरता दिनेगरी प्रस्ताव लैजाने तयारी भएको मन्त्रालय स्रोतले जनाएको छ।

    चार वर्षअघि २९ भदौ २०७३ मा विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा प्राधिकरण प्रवेश गरेका कुलमान घिसिङको कार्यकाल सकिन लागेसँगै प्राधिकरणमा नयाँ नेतृत्व चयनको विषयले सबैतिर व्यापक चर्चा पाएको छ।

    आगामी २९ भदौमा सकिन लागेको घिसिङको कार्यकाललाई लिएर सर्वसाधारण, कलाकारदेखि उनको पक्षमा रहेका नेता कार्यकर्ताले समेत घिसिङको कार्यकाल थप गर्नुपर्ने जोडदार माग गर्दै आएका छन्।

    चार वर्षअघि करिब ९ अर्ब घाटामा रहेको विद्युत् प्राधिकरण लगातार ४ वर्ष नाफामा गएको छ।

    यसैबीच ऊर्जामन्त्रालय पनि प्राधिकरणमा घिसिङलाई नै निरन्तरता दिने पक्षमा सकारात्मक रहेको स्रोतले बताएको छ। यसअघि ऊर्जामन्त्री पुनको प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग भएको अनौपचारिक छलफलमा घिसिङलाई नै निरन्तरता दिने पक्षमा प्रधानमन्त्री ओलीसमेत सकारात्मक देखिएको बताइएको छ।

    त्यस्तै, नेकपाका अर्का अध्यक्षले पनि घिसिङको विकल्प नखोज्नुपर्ने पक्षमा रहेका छन्। जनतादेखि लिएर उच्च ओहोदाका व्यक्तिसमेत कुलमानको पक्षमा रहेकाले घिसिङलाई नै निरन्तरदिनुपर्ने पक्षमा रहेका कारण मन्त्रालयसमेत यो विषयमा सकारात्मक रहेको स्रोतले बतायो।

    दैनिक १८ घण्टाको लोडसेडिङ अन्त्य प्रमुख भूमिका निर्वाह गर्दै आम जनमानसमा लोकप्रिय बनेका घिसिङ आफैं एक कार्यकाल दोर्याउन चाहन्छन्। घिसिङले प्राधिकरणको ३५औं वार्षिक साधारण सभामा प्रसारणलाइन, भारत र बंगलादेशमा विद्युत् बिक्री लगायतका योजना कार्यान्वयनका लागि कार्यकाल थपको मनसाय राखेका थिए।

    केही दिन अघिदेखि सामाजिक सञ्जालमा पनि उनकै कार्यकाल दोहोर्याउनुपर्ने जोडदार माग हुँदै आएको छ। प्राधिकरणको भावी नेतृत्वका लागि विद्युत् विकास विभागका महानिर्देशक नवीन सिंह रहेका छन्।

    प्राधिकरणको इन्जिनियरिङ कम्पनीका प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्य, प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेश काफ्ले रहेका छन्। घिसिङले प्राधिकरणलाई सरकारी संस्थानमा पहिलो नम्बरमा ल्याउन गरेको योगदान, प्राधिकरणमा भएका सुधारको मूल्यांकन गर्दै अहिले प्राधिकरणको नेतृत्वका लागि कुलमान घिसिङको अर्को विकल्प नरहेको भन्दै चौतर्फी माग रहेको छ।

    प्राधिकरणमा अब आउने नेतृत्वका लागि चुनौती पनि उत्तिकै रहेका छन्। प्रसारणलाइनको निर्माण, उत्पादित विद्युत् खपत बढाउने, गुणस्तरीय बिजुली उपभोक्तासम्म पुर्याउनुपर्ने, चार वर्षअघि करिब ९ अर्ब घाटामा रहेको विद्युत् प्राधिकरण लगातार ४ वर्ष नाफामा गएको छ।

    घिसिङले नेतृत्व सम्हालेलगत्तै ठूलो घाटामा रहेको प्राधिकरणले नाफा आर्जन गर्न सुरु गरेको थियो। २०७३ भदौमा कार्यकारी निर्देशकमा रूपमा प्राधिकरणमा प्रवेश गर्दा वार्षिक ८ अर्ब ८९ करोड घाटामा रहेको संस्था आएको ११ महिनामै घाटा हटाउँदै १ अर्ब ४७ करोड नाफा आर्जन गरेको थियो। त्यसपछि गत आर्थिक वर्ष (२०७६-७७)सम्म आइपुग्दा ११ अर्ब ६ करोड नाफा गएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...