News Portal

प्रेसको ज्याकेट दुरुपयोग गर्ने युवा पक्राउ

हिमाली संचार संवाददाता
३६७ पटक

काठमाण्डौ । प्रेस लेखिएको ज्याकेट लगाएर बिहिवार ललितपुरको पुल्चोकमा प्रहरीमाथी ढुंगा हान्‍ने युवकलाई प्रहरीले पक्राउ गरेको छ।

झडपका क्रममा पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्‍ने महालक्ष्मी नगरपालिका वडा नं.१ का २१ वर्षीय अनिश महर्जनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले शुक्रबार इमाडोलबाट पक्राउ गरेको हो।

महाशाखा प्रमुख एसएसपी दीपक थापाका अनुसार उनले पत्रकारको परिचय दिने ज्याकेटको दुरूपयोग गरेको खुलेको छ। ‘उनी पत्रकार होइनन्, उनीसँग पत्रकारको परिचय खुल्ने कुनै विवरण भेटिएन’, थापाले भने, ‘उनले फोटो, भिडियो खिच्‍ने गरेको पाइयो। केही भिडियो युट्युबतिर पनि हालेको भेटिएको छ।’

पुल्चोकमा भएको झडपका क्रममा ट्राफिक प्रहरी जवान कमल प्रसाद घिमिरेलाई कुटपिट गर्नेसहित प्रहरीले अहिलेसम्म १३ जनालाई पक्राउ गरेर हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...