News Portal

देशभर १३५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

हिमाली संचार संवाददाता
४५८ पटक

काडमाडौं – २४ घण्टामा देशभर थप १३ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा महिला ४६४ र पुरुष ८९५  रहेका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

काडमाडौं काठमाडौं उपत्यकामा मात्रै ४५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गौतमले काठमाडौंमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यसअघि बिहीबार उपत्यकामा ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ७०४ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा १० हजार ९४२ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ४६२ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर थप १३ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा महिला ४६४ र पुरुष ८९५  रहेका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

काठमाडौं उपत्यकामा मात्रै ४५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गौतमले काठमाडौंमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यसअघि बिहीबार उपत्यकामा ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ७०४ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा १० हजार ९४२ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ४६२ जना रहेका छन् ।

 

यस्तै पछिल्लो २४ घण्टामा १,३५४ जना निको भएका छन् भने कुल निको हुनेको संख्या २५,५६१ पुगेको छ।

जसम्म पीसीआर विधिबाट ७ लाख ४५ हजार ४ सय ९० परीक्षण भएको छ । हालसम्म प्रदेशगत रुपमा प्रदेश नम्बर १ मा २ हजार १, प्रदेश नम्बर २ मा ७ हजार ३ सय ५७, बागमती प्रदेशमा २ हजार ६७ र गण्डकी प्रदेशमा १ हजार ७ सय १७ जना संक्रमणमुक्त भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ५ हजार २ सय ७६, कर्णाली प्रदेशमा २ हजा १ सय ३७ र सुदूरपश्चिम प्रदेशमा ५ हजार ६ जना गरी देशभरी २५ हजार ५ सय ६१ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

सक्रिय संक्रमितको संख्या देशभरी १८ हजार ४ सय ४ जना रहेको छ । प्रदेश नम्बर १ मा १ हजार १ सय १६, प्रदेश नम्बर २ मा ७ सय ५२, बागमती प्रदेशमा ५ हजार ५ सय ७५ र गण्डकी प्रदेशमा ७ सय ८० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ जहार २ सय ५६, कर्णाली प्रदेशमा ४ सय ६१ र सुदूरपश्चिम प्रदेशमा १ हजार २ जना गरी देशभरी संस्थागत आइसोलेसनमा १० हजार ९ सय ४२ जना उपचाररत रहेका छन् ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा ७ सय ३८, प्रदेश नम्बर २ मा ३ हजार ७ सय ५७ बागमती प्रदेशमा २ हजार ३ सय १५ र गण्डकी प्रदेशमा ४३ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ सय १९, कर्णाली प्रदेशमा ३९ र सुदूरपश्चिम प्रदेशमा  १ सय ५१ जना गरी देशभरी होम आइसोलेसनमा ७ हजार ४ सय ६२ जना संक्रमित रहेका छन् ।

प्रदेश नम्बर १ मा ५, प्रदेश नम्बर २ मा २८, बागमती प्रदेशमा ९०, गण्डकी प्रदेशमा ५, प्रदेश नम्बर ५ मा २० र कर्णालीमा ३ जना गरी देशभरी १ सय ५१ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर १ मा ३, बागमती प्रदेशमा १९ र प्रदेश नम्बर ५ मा ४ जना गरी २६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् । आज क्वारेन्टिनमा ६ हजार ५ सय ६१ जना रहेका छन् ।

 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १७ गतेको राशिफल

आज चैत १७, २०८२ ( मार्च ३१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...