News Portal

युवतीमाथि सामूहिक बलात्कार, दुई अभियुक्त पक्राउ

हिमाली संचार संवाददाता
४८० पटक

काठमाडौँ – सामूहिक बलात्कारको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। १९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी वृत्त थानकोटले मुगु सोरु गाउँपालिका १० घर भई चन्द्रागिरी बस्ने वर्ष २८ को लोकेन्द्र बहादुर मल्ल र मुगु खत्याड गाउँपालिका १० घर भई चन्द्रागिरि बस्ने वर्ष २३ को रतनबहादुर शाहीलाई पक्राउ गरेको हो।

एक हप्ताअघि काठमाडौँको चन्द्रागिरि १ दहचोक बस्ने एक महिलालाई उनीहरुले सामूहिक बलात्कार गरेका थिए।

त्यसपछि उनीहरुविरुद्ध प्रहरीमा ती युवतीले जाहेरी दिएकी थिइन्। पक्राउ परेका उनीहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ को करणी सम्बन्धि कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको थानकोट प्रहरी प्रमुख घनश्याम श्रेष्ठले बताए।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...