News Portal

पोल्याण्डमा हात्ती भगाउनेे नयाँ तरिका

हिमाली संचार संवाददाता
४६६ पटक

पोल्याण्ड – कोरोना महामारीका कारण लकडाउनमा घरमै थुनिँदा, जागिर र व्यवसाय गुमाउँदा, घुमफिर गर्ने स्वतन्त्रता गुमाउँदा विश्वका करोडौं मानिसहरुमा मनोवैज्ञानिक समस्या देखिन थालेको विभिन्न अध्ययनहरुले देखाएकै छन्। मानिसहरुको यस्तो तनावको वास्तविक समाधान त कोरोना भाइरसविरुद्धको खोप पत्ता नलाएसम्म नहुने पक्का छ।

यही मेलोमा पोल्याण्डका वैज्ञानिकहरुले चाहिँ हात्तीको तनाव कम गर्न गाँजाको तेल खुवाउन थालेका छन। पोल्याण्डको राजधानी वार्सास्थित एक चिडियाखानामा रहेका हात्तीहरुको तनाव कम गर्नका लागि गाँजाको तेल उपयोगी हुने तथ्यलाई पुष्टि गर्न उनीहरुले हात्तीको रगत, र्याल र अन्य नमूना समेत लिएर परीक्षण गरेका थिए।

चिडियाखानाकी भेटेनरी डाक्टर एग्नेज्का जुकोस्काका अनुसार घोडा तथा कुकुर लगायतका जनावरको तनाव तथा एन्जाइटी कम गर्नका लागि गाँजाको तेल लाभदायी हुने कुरा यसअघि नै प्रमाणित भैसकेको थियो।चिडियाखानामा रहेका जिराफ, हात्ती, पोलार भालु तथा गैँडा लगायतका जनावरमा पनि त्यही विधि अबलम्बन गर्न सकिन्छ कि भनेर उनीहरुले प्रयास सुरु गरेका छन् र पहिलो चरणमा चिडियाखानामा रहेका ३ वटा हात्तीमा परीक्षण गरेका छन्।

गत मार्चमा चिडियाखानामा रहेको साथी हात्ती मरेसँगै ती तीनवटा हात्तीहरु तनावका कारण असामान्य व्यवहार देखाउन थालेका थिए। सोही कारण निकट भविष्यमै गर्भवती हुने सम्भावना रहेको एक पोथी हात्तीलाई जोखिम हुने, हात्तीहरु एक आपसमा लडेर दाह्रा भाँच्ने वा घाइते हुने जोखिम रहेको उनको भनाइ छ। त्यसैले चिडियाखानामा त्यस्तो अप्रिय घटना नहोस् भनेर हात्तीको तनाव घटाउन गाँजाको तेल खुवाउने परीक्षण उनीहरुले सुरु गरेका हुन्।

हात्तीलाई गाँजाको तेल खुवाउन लागेको भनी कतिपयले आलोचनासमेत नगरेका होइनन्। हात्तीलाई ड्रग्स खुवाएको भनेरसमेत आलोचना भएसँगै चिडियाखानाले गाँजाको तेल ड्रग्स नभएको र यसमा गाँजामा हुने लठ्याउने तत्व टिएचसी नहुने प्रष्ट पारेको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...