News Portal

६ बर्षिया बालिकाकाे मुटुमा प्वाल, आर्थिक अभावले उपचार हुन सकेन

हिमाली संचार संवाददाता
६०२ पटक

रबिन्द्र बराल – माेरङका रंगेली नगरपालिका १ स्थित जमुवा टाेलमा वसाेबास गर्दा आएका लाल किस्कुकी ६ बर्षिय छाेरी सभ्यता किस्कुकाे मुटुमा प्वाल परेपछि आर्थिक अभावका  कारण उपचार हुन सकेको छैन । डेढ बर्ष अगाडीदेखि स्वास्थ्यमा समस्या भएकी उनको आर्थिक अभावले गर्दा उनकाे उपचार हुन सकेकाे थिएन।

बुबा लालले छाेरीकाे श्वासप्रश्वासमा दिनप्रतिदिन समस्याा बढदै गएपछि साउन १३ गते पहिलोपटक उनले बिराटनगर स्थित रिलायवल पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरमा रहेका वरिष्ठ नवाजात तथा बालरोग एवं बाल मुटु रोग विशेषज्ञ डा. मनोज कुमार श्रीवास्तवसंग छोरी सभ्यताकाे उपचार गराएका थिए।

डाक्टरकाे सल्लाह अनुसार बाबु लाल किस्कुले छाेरीकाे मुटुकाे एक्सरे गरेपछि डाक्टर श्रीवास्तवले रिपोर्ट अनुसार बच्चाको मुटुमा प्वाल भएको र चाँडो भन्दा चाँडो भन्दा काठमाडौ लैजान सल्लाह दिएका थिए। तर आफुसंग आर्थिक अभावका कारण छाेरी सभ्यताकाे उपचारका लागि काठमाडौ लैजान नसकेका बुबा लालले बताए।

उनकाे घरमा ८० बर्षिया आमा रउदि किस्कु, दाजु, श्रीमती र एक छाेरा, एक छाेरी रहेका छन। डेढ कठ्ठा जग्गामा सानाे घर बनाएर बसाेवास गर्दे आएका लाल किस्कुले दैनिकी ज्यालादारी गरेर परिवार पालनपोषण गरिरहेता पनि अहिले छाेरीकाे मुटुको सल्यक्रिया गर्नेका लागि आर्थिक अभावका कारण छाेरी घरमै राख्न बाध्य रहेका छन।

छाेरीकाे उपचारका लागि लालले देश विदेशमा रहेका नेपालीहरुसंग सहयोगकाे अपिलसमेत गरेका छन। उपचारका लागि नगरपालिकाबाट सिफारिस लिएता सिफारिसबाट के कतिकाे छुट हुने वा कति रकम लाग्ने थाहा नभएको र अस्पतालसम्म पुग्न र त्याहाँ बस्न र खानाका लागि समेत आफुसंग आर्थिक नभएको हुनाले छाेरीकाे उपचार गराउन नसकिएकाे बुबा लालले बताए।

सहयोग गर्ने चाहाने ब्यक्तिले श्री इन्स्टुमेन्ट एण्ड फाइनेंस क. लि. काे लाल किस्कुकाे नाममा रहेको खातामा सहयोग गर्ने सक्नु हुनेछ। सहयोगी मानुभावको लागि यो खाता राखेका छौ । Shree Investment and Finance Co. Ltd. BIRATNAGAR BRA NPR A/C No:2012012000127524

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...