News Portal

  • ६ बर्षिया बालिकाकाे मुटुमा प्वाल, आर्थिक अभावले उपचार हुन सकेन

    हिमाली संचार संवाददाता
    ५२२ पटक

    रबिन्द्र बराल – माेरङका रंगेली नगरपालिका १ स्थित जमुवा टाेलमा वसाेबास गर्दा आएका लाल किस्कुकी ६ बर्षिय छाेरी सभ्यता किस्कुकाे मुटुमा प्वाल परेपछि आर्थिक अभावका  कारण उपचार हुन सकेको छैन । डेढ बर्ष अगाडीदेखि स्वास्थ्यमा समस्या भएकी उनको आर्थिक अभावले गर्दा उनकाे उपचार हुन सकेकाे थिएन।

    बुबा लालले छाेरीकाे श्वासप्रश्वासमा दिनप्रतिदिन समस्याा बढदै गएपछि साउन १३ गते पहिलोपटक उनले बिराटनगर स्थित रिलायवल पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरमा रहेका वरिष्ठ नवाजात तथा बालरोग एवं बाल मुटु रोग विशेषज्ञ डा. मनोज कुमार श्रीवास्तवसंग छोरी सभ्यताकाे उपचार गराएका थिए।

    डाक्टरकाे सल्लाह अनुसार बाबु लाल किस्कुले छाेरीकाे मुटुकाे एक्सरे गरेपछि डाक्टर श्रीवास्तवले रिपोर्ट अनुसार बच्चाको मुटुमा प्वाल भएको र चाँडो भन्दा चाँडो भन्दा काठमाडौ लैजान सल्लाह दिएका थिए। तर आफुसंग आर्थिक अभावका कारण छाेरी सभ्यताकाे उपचारका लागि काठमाडौ लैजान नसकेका बुबा लालले बताए।

    उनकाे घरमा ८० बर्षिया आमा रउदि किस्कु, दाजु, श्रीमती र एक छाेरा, एक छाेरी रहेका छन। डेढ कठ्ठा जग्गामा सानाे घर बनाएर बसाेवास गर्दे आएका लाल किस्कुले दैनिकी ज्यालादारी गरेर परिवार पालनपोषण गरिरहेता पनि अहिले छाेरीकाे मुटुको सल्यक्रिया गर्नेका लागि आर्थिक अभावका कारण छाेरी घरमै राख्न बाध्य रहेका छन।

    छाेरीकाे उपचारका लागि लालले देश विदेशमा रहेका नेपालीहरुसंग सहयोगकाे अपिलसमेत गरेका छन। उपचारका लागि नगरपालिकाबाट सिफारिस लिएता सिफारिसबाट के कतिकाे छुट हुने वा कति रकम लाग्ने थाहा नभएको र अस्पतालसम्म पुग्न र त्याहाँ बस्न र खानाका लागि समेत आफुसंग आर्थिक नभएको हुनाले छाेरीकाे उपचार गराउन नसकिएकाे बुबा लालले बताए।

    सहयोग गर्ने चाहाने ब्यक्तिले श्री इन्स्टुमेन्ट एण्ड फाइनेंस क. लि. काे लाल किस्कुकाे नाममा रहेको खातामा सहयोग गर्ने सक्नु हुनेछ। सहयोगी मानुभावको लागि यो खाता राखेका छौ । Shree Investment and Finance Co. Ltd. BIRATNAGAR BRA NPR A/C No:2012012000127524

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...