News Portal

सिंगापुर र ब्रिटिस आर्मीमा कोटा घटाइयो

ब्रिटिस आर्मीमा ३४० र सिंगापुर पुलिस फोर्समा १४० जना भर्ती गर्ने तयारी

हिमाली संचार संवाददाता
४३४ पटक

काठमाण्डौ । बेलायत सरकारले कोरोनाको कारण जनाउँदै ब्रिगेड अफ गोर्खाजले यस पटक ब्रिटिस आर्मीमा ३ सय ४० र सिंगापुर पुलिस फोर्समा १ सय ४० जना मात्र भर्ती गर्ने भएको छ ।

ब्रिटिस आर्मी मुख्यालयले मंगलबार आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रतिस्पर्धी नेपाली युवालाई जानकारी दिएको हो । गत वर्ष ब्रिटिसमा ४ सय ३२ र सिंगापुरमा १ सय ४० भर्ती लिइएको थियो । यस बर्ष कोरोना महामारी फैलिएपछि गत वर्ष क्षेत्रीय र अन्तिम चरणको छनोटबाट बाहिरिएकामध्ये सीमित युवालाई मात्र मौका दिइने मुख्यालयले यसअघि जनाउ दिइसकेको भए पनी अहिले सम्म कुनै जानकारी दिएको छैन ।

‘ब्रिटिस गोर्खा आर्मी र सिंगापुर पुलिसका सम्भावित रेक्रुटहरू, कोरोना भाइरसको अवस्था नेपालमा मात्र नभएर विश्वभर नै अनिश्चित छ,’ ब्रिटिस आर्मी मुख्यालयले आफ्नो वेबसाइटमा भनेको छ, ‘जसले गर्दा हाम्रो छनोट प्रक्रियामा बाधा हुन सक्ने सम्भावना उल्लेख समेत गरेको छ ।  

अति नै संकटकालीन अवस्था आइपरेमा यो वर्षको छनोट नहुन पनि सक्छ । तर छनोट भएमा हामी सक्दो सुरक्षित ढंगबाट यो छनोट प्रक्रियालाई सञ्चालन गर्ने प्रयास गर्नेछौं ।’ छनोटका निम्ति ब्रिटिस आर्मीका लागि ५ सय ६० जना सम्भावित रेक्रुटलाई बोलाएर तीमध्ये ३ सय ४० जनालाई छनोट गर्ने विज्ञप्तिमा भनिएको छ । सिंगापुर पुलिसका लागि २ सय १० जना सम्भावित रेक्रुटलाई बोलाएर त्यसमध्येबाट १ सय ४० जनालाई छनोट गर्ने जनाइएको छ ।

काठमाडौंस्थित क्लास रुम एकेडेमीका प्रबन्ध निर्देशक विनोद राईले ब्रिटिस आर्मीमा भिड्दै आएका युवामध्ये सीमितले मात्र अवसर पाएको बताए । ‘ब्रिटिस आर्मी मुख्यालयले यो पटक सीमित युवा मात्र सर्ट लिस्टमा पारेको छ,’ उनले भने, ‘नेपालको पूर्व र पश्चिम गरी क्षेत्रीय छनोटबाट आधा–आधा संख्यामा युवा छनोटमा परेका छन् । रासस

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...