News Portal

सिंगापुर र ब्रिटिस आर्मीमा कोटा घटाइयो

ब्रिटिस आर्मीमा ३४० र सिंगापुर पुलिस फोर्समा १४० जना भर्ती गर्ने तयारी

हिमाली संचार संवाददाता
४५३ पटक

काठमाण्डौ । बेलायत सरकारले कोरोनाको कारण जनाउँदै ब्रिगेड अफ गोर्खाजले यस पटक ब्रिटिस आर्मीमा ३ सय ४० र सिंगापुर पुलिस फोर्समा १ सय ४० जना मात्र भर्ती गर्ने भएको छ ।

ब्रिटिस आर्मी मुख्यालयले मंगलबार आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रतिस्पर्धी नेपाली युवालाई जानकारी दिएको हो । गत वर्ष ब्रिटिसमा ४ सय ३२ र सिंगापुरमा १ सय ४० भर्ती लिइएको थियो । यस बर्ष कोरोना महामारी फैलिएपछि गत वर्ष क्षेत्रीय र अन्तिम चरणको छनोटबाट बाहिरिएकामध्ये सीमित युवालाई मात्र मौका दिइने मुख्यालयले यसअघि जनाउ दिइसकेको भए पनी अहिले सम्म कुनै जानकारी दिएको छैन ।

‘ब्रिटिस गोर्खा आर्मी र सिंगापुर पुलिसका सम्भावित रेक्रुटहरू, कोरोना भाइरसको अवस्था नेपालमा मात्र नभएर विश्वभर नै अनिश्चित छ,’ ब्रिटिस आर्मी मुख्यालयले आफ्नो वेबसाइटमा भनेको छ, ‘जसले गर्दा हाम्रो छनोट प्रक्रियामा बाधा हुन सक्ने सम्भावना उल्लेख समेत गरेको छ ।  

अति नै संकटकालीन अवस्था आइपरेमा यो वर्षको छनोट नहुन पनि सक्छ । तर छनोट भएमा हामी सक्दो सुरक्षित ढंगबाट यो छनोट प्रक्रियालाई सञ्चालन गर्ने प्रयास गर्नेछौं ।’ छनोटका निम्ति ब्रिटिस आर्मीका लागि ५ सय ६० जना सम्भावित रेक्रुटलाई बोलाएर तीमध्ये ३ सय ४० जनालाई छनोट गर्ने विज्ञप्तिमा भनिएको छ । सिंगापुर पुलिसका लागि २ सय १० जना सम्भावित रेक्रुटलाई बोलाएर त्यसमध्येबाट १ सय ४० जनालाई छनोट गर्ने जनाइएको छ ।

काठमाडौंस्थित क्लास रुम एकेडेमीका प्रबन्ध निर्देशक विनोद राईले ब्रिटिस आर्मीमा भिड्दै आएका युवामध्ये सीमितले मात्र अवसर पाएको बताए । ‘ब्रिटिस आर्मी मुख्यालयले यो पटक सीमित युवा मात्र सर्ट लिस्टमा पारेको छ,’ उनले भने, ‘नेपालको पूर्व र पश्चिम गरी क्षेत्रीय छनोटबाट आधा–आधा संख्यामा युवा छनोटमा परेका छन् । रासस

प्रतिकृया दिनुहोस्

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...

आज २०८२ साल फागुन २८ गतेको राशिफल

आज फागुन २८, २०८२ ( मार्च १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...