News Portal

तपाईंको राशिफल : २०७५ साल भाद्र २६ गते मङ्गलवार, सेप्टेम्बर ११, २०१८

हिमाली संचार संवाददाता
६२८ पटक

– ज्यो.प. नारायणप्रसाद दुलाल,

मेष
आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ ।

वृष
गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । परिवारमा सुख सन्तोष छाउला । वाहान सुख मिल्नेछ ।

मिथुन
अधिकार प्राप्तिका लागि दौडधूप गर्नु परे पनि लाभ नै हुनेछ । सामान हराउने वा नष्ट हुन सक्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

कर्कट
परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् । नयाँ कार्यको थालनी हुनेछ ।सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ ।

सिंह
धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । घरायसी सुखको अनुकूलता हुनेछ । वैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ । पुनर्मिलनको योग रहेको छ ।

कन्या
पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रमाइलो यात्राको योग रहेको छ ।

तुला
यात्रामा सावधानी अपनाउनु पर्नेछ । क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ ।

वृश्चिक
धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आफन्तजनसँग भेटघाटको योग छ ।

धनु
मानसिकतामा थोरै विचलन ल्याए पनि प्रेमको वातावरण सुदृढ बन्नेछ । ठुला व्यक्तिले तपाइको मेहनतको प्रसंसा गर्नेछन् । ठीक समयमा सही निर्णय लिन सकिनेछ ।

मकर
हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । साझेदार वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिने छ । लाभदायक यात्रा रहला ।

कुम्भ
प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला ।

मीन
पुराना साथीभाइसित भेटघाट र रामरमाइलो गरिने छ । अतिथिको रूपमा सत्कार पाइएला । आफन्तको सहयोग प्राप्त हुनेछ । शुभकायको चर्चा चल्नेछ ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...