News Portal

जिल्ला अदालतका कर्मचारीमा कोरोना संक्रमण, अदालतका सेवा बन्द

हिमाली संचार संवाददाता
६३१ पटक

सुर्खेत – कर्मचारीलाई कोरोना संक्रमण भएपछि जिल्ला अदालत सुर्खेतले सम्पूर्ण सेवा बन्द गरेको छ। मुद्दा फाँटमा कार्यरत एकजना कर्मचारीमा संक्रमण पुष्टि भएपछि अदालतले अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवा बन्द गरेको जनाएको छ।

म्याद थप र पक्राउ पुर्जी जारी बाहेकका सबै सेवाहरु बन्द गरिएको अदालतका श्रेस्तेदार यमप्रसाद बाँस्कोटाले जानकारी दिए। श्रेस्तेदार बाँस्कोटाका अनुसार भदाैं १४ गते मात्रै ती कर्मचारीको स्वाब संकलन गरिएको थियो।

कर्मचारीमा संक्रमण पुष्टि भएपछि सिल गरेर अन्य कर्मचारीहरुको स्वाब संकलनको काम भईरहेको बाँस्कोटाले बताए।

स्वाब संकलन गरिएका सम्पूर्ण कर्मचारीहरुको रिर्पोट आएपछि मात्रै सेवा सुरु गरिने श्रेस्तेदार बाँस्कोटाको भनाइ छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...