News Portal

जिल्ला अदालतका कर्मचारीमा कोरोना संक्रमण, अदालतका सेवा बन्द

हिमाली संचार संवाददाता
५८२ पटक

सुर्खेत – कर्मचारीलाई कोरोना संक्रमण भएपछि जिल्ला अदालत सुर्खेतले सम्पूर्ण सेवा बन्द गरेको छ। मुद्दा फाँटमा कार्यरत एकजना कर्मचारीमा संक्रमण पुष्टि भएपछि अदालतले अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवा बन्द गरेको जनाएको छ।

म्याद थप र पक्राउ पुर्जी जारी बाहेकका सबै सेवाहरु बन्द गरिएको अदालतका श्रेस्तेदार यमप्रसाद बाँस्कोटाले जानकारी दिए। श्रेस्तेदार बाँस्कोटाका अनुसार भदाैं १४ गते मात्रै ती कर्मचारीको स्वाब संकलन गरिएको थियो।

कर्मचारीमा संक्रमण पुष्टि भएपछि सिल गरेर अन्य कर्मचारीहरुको स्वाब संकलनको काम भईरहेको बाँस्कोटाले बताए।

स्वाब संकलन गरिएका सम्पूर्ण कर्मचारीहरुको रिर्पोट आएपछि मात्रै सेवा सुरु गरिने श्रेस्तेदार बाँस्कोटाको भनाइ छ।

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...