News Portal

जुगल लिदी पहिरो पिडीतका लागि हार्डबिटसंस्थाको सहयाेग

हिमाली संचार संवाददाता
६७१ पटक

दूर्गा श्रेष्ठ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा गत हप्ता भिषण पहिरो गएको थियो । भौगोलिक वनावटका कारण वर्षेनी जनताले एक पछि अर्को प्राकृतिक विपत्ति बेहोर्नु परिरहेको छ। जुगल लिदी पहिरो पिडीतका लागि हार्डबिटसंस्थाले विपत्तिमा परेका पिडीतको लागि खाधन्न सहयाेग गरेको छ ।

समाजसेवी शिक्षाप्रेमी बुद्धिजीबी, नेकपा बाग्मती प्रदेश आर्थिक विभागको सदस्य, सिन्धुपाल्चोक उधोग वाणिज्य संधको सदस्य ईश्वर गुभाजुको पहलमा जुगल-२, लिदी पहिरो पीडितलाई राहत स्वरुप हार्डबिट सस्थाले २० बोरा चामल, ५० केजी नुन, ४० लिटर तेल, १३० केजी दाल, ४० थान त्रिपाल र दैनिक उपभोग्य सामाग्री १७३ थान कोलगेट र १ कार्टुन साबुन सहयोग गरेका हुन् । 

हार्डबिट संस्थाको संस्थापक अध्यक्ष जुजु काजी, सस्थापक रोशनी गोले तामाङले  हिमाली संचारसंगको कुराकानीमा पालिका उपाध्यक्ष सिर्जना तामाङले सामान बोक्नका लागि गाडी सहयोग गरेका जानकारी समेत दिएका छन् । 

सहयोग सामानहरु जुगल गाउपालिका उपाअध्यक्ष सिर्जना  तामाङको उपस्थितिमा बाँसखर्क पहिरो स्थित पीडित समक्ष भोली वितरण गर्ने जानकारी पनि दिएका छन् । उपाअध्यक्ष सिर्जना तामाङले सहोयग गर्नु हुने संघसंस्थालाई विशेष आभार ब्याक्त गरेकी छिन् । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...