News Portal

पुल बाढीले बगाएपछि विद्यार्थीलाई आवतजावतमा सास्ती

हिमाली संचार संवाददाता
६५१ पटक

रत्न भण्डारी
हुम्ला – खापुनार्थ गाउँपालिका २ कारङ्ग गाउँको कारङ्गखोलामा रहेको काठेपुल बाढीले बगाउँदा तीन महिनादेखि विद्यार्थीहरु विद्यालय जान सास्ती व्यहोर्दै आएका छन् ।

गत जेठ २८ मा बाढीले वडा नं. १ कारङ्गगाउँ र रायागाउँमा जोड्ने पुल बगाएपछि विद्यार्थीहरु विद्यालय जान जोखिम व्यहोरीरहेका छन् ।

कारङ्ग गाउँबाट हुम्ला मावि रायमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका १४ जना विद्यार्थी महिनौंसम्म विद्यालय जान दुःख भोग्दै आएको कक्षा १० मा अध्ययनरत नविना शाही बताइन् ।

५० हजार रुपैयाँको लागतमा निर्माण गरिएको ३० मिटर लम्बाइको उक्त काठे पुल बाढीले बगाएपछि कारङ्गगाउँमा स्थानीयलाई आवतजावत गर्न समस्या भएको स्थानीय विवेक शाहीले बताए ।

पुल हुँदा बालबालिका आफैं विद्यलाय जाने गरेको तर अहिले हरेक दिन खोला तार्न जानु परेको शाहीले दुखेसो गरे । अभिभावकले नभ्याएको बेला विद्यालय जान नपाएको कक्षा ८ की विद्यार्थी सुनिता शाहीले बताइन् ।

खोलामा काठे पुल हुँदा घरबाट ३० मिनेटमा पुगिने विद्यालय अहिले तीन घण्टा लाग्ने गरेको विद्यार्थीहरुको गुनासो छ ।

प्रतिकृया दिनुहोस्

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...