News Portal

जुगल-२ लिदी पहिरोमा वेपत्ता भएका मध्य, २ जनाको शव भेटिए, अझै २ जना बेपत्ता

हिमाली संचार संवाददाता
५०० पटक

दुर्गा श्रेष्ठ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जुगल २ लिदी पहिरोमा वेपत्ता भएका १७ वर्षीय युवाको शव आज भेटिएको छ । जुगल ३ बाट लिदी मामाघर गएका १७ वर्षीय सुभाष तामाङ पहिरोमा परी बेपत्ता भएका थिए । उनको शव आज भेटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

यो संगै लिदीमा गएको पहिरोमा पुरिएका ३७ जनाको शव भेटिएको छ । लिदी पहिरोमा ३९ जना वेपत्ता भएका थिए । अहिलेसम्म ३७ जनाको शव भेटिएको र बाँकी २ जनाको पनि खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

पहिरोमा वेपता भएकाहरुको खोजीका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय लागिपरेका छन् । लिदीमा पहिरो गएको दुइहप्ता बढी भइसकेको छ ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...