News Portal

धरान नगर प्रमुख राईको विज्ञप्ति : भ्रममा नपर्नु रुख काटेको छैन

हिमाली संचार संवाददाता
४७७ पटक

दिलीप राई, धरान । धरान उपमहानगरपालिका धरानका मेयर तिलक राईले आफूले सामुदायिक वनको रुख काटेको भन्ने खबर गलत भएको भनेर आज एक विज्ञप्ति मार्फत स्पष्टीकरण दिएका छन् । नगर प्रमुख राईले फेसबुक मार्फत विज्ञप्ति पोष्ट गर्दै ब्यक्तिगत रिसिबीको आधारमा रुख काटेको भनेर कपोकल्पित आरोप भन्दै खण्डन गरेका छन् ।

नगर प्रमुख राईले बिज्ञप्तिमा भनेका छन् ‘कोरोना महामारी नियन्त्रणको लागि अघि बढिरहेको बेला धरान-२० स्थित भालुढुङ्गा सामुदायिक वन भित्रको रूख काटिएको घटनामा मेरो संलग्नता र निर्देशनमा कोषाध्यक्ष भीम बस्नेतको उपस्थितिमा उक्त रुख काटिएको भन्ने कुरा र समाचार भ्रामक र कपोकल्पित हो भन्ने कुरा स्पष्ट पार्न चाहन्छु’ भनेका छन् । 

सामुदायिक वनको अध्यक्ष बुद्दीमान तामाङका अनुसार मेयर राईले घर बनाउनको लागि सामुदायिक वनमा ढलापडा रुख माग गर्दै नगर प्रमुख राईले आमाको नाममा निवेदन हालेको थिए । तर निवेदन अनुसार रुख दिने निर्णय भएकोमा बन भित्रै छिरेर हरियो रुख काटेको आरोप सामुदायिक बनका अध्यक्ष तामाङले लगाएका छन् ।

यता नगर प्रमुख राईले भने विष्णुपादुका मेरो आफ्नै गाउँ र पुर्ख्यौली जग्गाजमिन समेत रहेकोले त्यहाँ आउजाउ मात्र गर्ने गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् । वन समितिको आन्तरिक अधिवेशन समेत नभएको बताउँदै राईले आफूसँग रिस साधेको हुन सक्ने स्पष्ट विज्ञप्तीमा लेखेका छन् । समितिको कोषाध्यक्षको घर छिमेकीको अवस्थामा रहेकोले भेट मात्र भएको विज्ञप्ति मार्फत स्पष्टीकरण राईले दिएका हुन् । 

नगर प्रमुख राईले विज्ञप्तिमा भनेका छन् : ‘मलाई जानकारी भएसम्म वन समितिको आन्तरिक अधिवेशन केही वर्षदेखि विविध कारणबाट नियमित हुन नसकेको अवस्था रहेछ, ‘यी आन्तरिक समस्या र कोषाध्यक्षसँगको पारिवारिक र व्यक्तिगत आग्रह पूर्वाग्रह समेतलाई जोडी, रिसिवी साध्ने काम भएको प्रस्ट पार्न चाहन्छु ।’

विज्ञप्तिको अन्त्यमा नगर प्रमुख राईले नगरवासीहरुलाई आफूप्रतिको विश्वास कायम राखी राख्न आग्रह गरेका छन् । ‘यो प्रसंगमा यहाँहरूको नगर प्रमुखको कुनै किसिमको संलग्नता नरहेको जानकारी गराउँदै हजुरहरूको असीम माया, स्नेह तथा साथ सहयोगको निरन्तर अपेक्षा राख्न चाहन्छु । मेरो व्यक्तिगत र नगर प्रमुखको हैसियतले मेरो तन, मन र वचन सम्पूर्ण नगरवासीहरू प्रति सदैव बफादारीताका साथ रही रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’ विज्ञप्तिमा भनिएको छ । 

प्रतिकृया दिनुहोस्

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...