News Portal

नेपाली महावाणिज्यदूतावास हङकङको अत्यन्त जरुरी सूचना

हिमाली संचार संवाददाता
६९९ पटक

युवा राई, हङकङ । नेपाली महावाणीज्यदूतावास हङकङले मकाउ-हङकङमा रहदै आउनु भएका नेपाली नागरिक नेपाल फर्कनका लागि आज हङकङ स्थित नेपाली दूतावासले सामाजिक सञ्जाल फेसबुक पेजबाट सूचाना जारी गरेको छ । 

जारी सूचनमा भनिएको छ : “कोभिड -१९ का कारण अन्तर्राष्ट्रिय उडानहरु स्थगन भई सृजना भएको विषम परिस्थितिमा मकाउ तथा हङकङमा रहनु भएको सबै नेपाली दाजुभाई तथा दिदीबहिनीले देखाउनु भएको धैर्यताका लागि यस महावाणिज्यदूतावास धन्यबाद व्यक्त गर्दछ।” 

छिट्टै नै हङकङबाट काठमाण्डौं हुने भनिएको उडान मार्फत मकाउ तथा हङकङमा रही नेपाल फर्कन यस महावाणिज्यदूतावासको फेसबुक पेजमा २ जुन २०२० मा राखिएको लिन्कमा गई फाराम भर्नुहुने व्यक्तिहरुको नामावली लगायत अन्य विवरण तथा यात्रा गर्नु भन्दा अगाडी अपनाउनु पर्ने कार्यविधीहरुको बारेमा शिघ्र सूचना जारी गरिने हुनाले फर्कने प्रयोजनका तथा अन्य सूचना केही भएमा यही फेसबुकबाट सूचित गरिनेछ।” यसरी दूतावासले सूचाना जारी गरेको भए पनि एयरलाइन्स हङकङ आउने सम्बन्धि कुनै जानकारी दिएको छैन । 

नेपाली महावाणीज्यदूतावास हङकङले जारी गरेको लिंक तल राखेका छौ । 👉 नेपाली महाबाणिज्य दूतावास हङकङले दिएको लिंक 👈 उल्लिखित निलो रंगको लिंकमा क्लिक गरेर दूतावासले राखेको लिंक खुल्नेछ, फारम भर्न सक्नु हुने छ । 

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...