News Portal

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन, सभामुख अग्निप्रसाद सापकोटाले दिए श्रद्धाञ्जली!

हिमाली संचार संवाददाता
४२१ पटक
२०७७ भाद्र १५ सोमवार

एजेन्सी । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । दिल्लीस्थित सेनाको अस्पतालमा उपचाररत उनको सोमबार निधन भएको हो । सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधनको प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । 

पूर्वराष्ट्रपति मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको उनका छोरा अभिजितिले ट्वीटरमार्फत जानकारी दिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । सोमबार अस्पतालले दिएको जानकारीअनुसार उनको फोक्सोको संक्रमणका कारण उनलाई सेप्टिक सक भएसँगै अवस्था गम्भिर बन्दै गएको थियो ।

सेप्टिक सक संक्रमणका कारण निम्तिने गर्छ । यसले शरीरमा अत्यधिक परिवर्तन निम्त्याउँछ । रक्तचापमा अत्यधिक गिरावट आएपछि सेप्टिक सक हुने गर्छ ।

मुखर्जीको निधनको जानकारी दिँदै उनका छोरा अभिजीत मुखर्जीले गरेका ट्वीटमा भनेका छन् : गह्रौं हृदयका साथ यो सूचित गर्दछु कि आरआर अस्पतालका डाक्टरहरुको अधिकतम प्रयास तथा भारतभरिका जनताका प्रार्थना र शुभेच्छाका बाबजूद मेरा बुबा श्री प्रणब मुखर्जीको निधन भएको छ ।

 केही दिनअघि नै पनि मुखर्जीको निधन भएको खबर फैलिएको थियो । तर सो खबर गलत रहेको कुरा उनको छोराले नै ट्वीटमार्फत् बताएका थिए । हालसालै मात्र मस्तिष्कको अप्रेसन गरिएका मुखर्जी कोरोना भाइरस पोजेटिभ फेला परेका थिए । 

सन् २०१२ मा भारतका राष्ट्रपति बनेको मुखर्जी २०१७ सालसम्म आफ्नो पूर्णकाल राष्ट्रपति रहेका थिए । उनलाई सन् २०१९ सालमा भारत रत्नले सम्मानित गरिएको थियो । उनको जन्म सन् १९३५, ११ डिसेम्बरमा पश्चिम बंगालको मिराती गाउँमा भएको थियो । कलकत्ता विश्वविद्यालयबाट राजनीति शास्त्र र इतिहासमा एमए गरेका उनी १९६३ मा कोलकोत्तामा विद्यानगर कलेजमा राजनीति शास्त्रको प्रध्यापक समेत भएका थिए ।

१९६९ देखि राजनीतिक यात्रा सुरु गरेका उनलाई इन्दिरा गान्धीले भारतीय काँग्रेसमा प्रवेश गराएकी थिइन् । उनी १९६९ समा राज्यसभामा निर्वाचित भएका थिए । त्यसपछि १९७५, १९८१, १९८३ र १९९९ मा राज्यसभामा लगातार निर्वाचित भएका थिए । त्यसपछि उनी लगातार विदेश, वित्त, रक्षामन्त्री समेत भए । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...