News Portal

जापान पठाइदिने भनी १ करोड ३० लाख ठगी गर्ने प्रकाश पक्राउ

हिमाली संचार संवाददाता
७८७ पटक

काठमाडौं – सरकारी कोटामा कृषिसम्बन्धी कामको लागि जापान पठाइदिन्छु भनी एक करोड रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले सिन्धुपल्चोक मेलम्चीका सविन प्रकाश दनवारलाई पक्राउ गरेको छ ।

विमान सेक्यूरिटी एण्ड सर्भिस प्रालिको अध्यक्ष हुँ भनेर २८ जनासँग प्रतिव्यक्ति ७ देखि १२ लाख रुपैयाँ लिएर १ करोड ३१ लाख ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले उनलाई काठमाडौंको बसुन्धराबाट पक्राउ गरी सोमबार जिल्ला अदालत काठमाडौंमा बुझाएको छ । सुरक्षागार्डको तालिम दिने कम्पनी विमान सेक्युरिटी एण्ड सर्भिसबाट जापानमा कृषिसम्बन्धी कामदारको माग भएको भन्दै उनले वर्किङ भिसामा जापान पठाइदिने र प्रतिमहिना १ लाख २१ हजार ३ सय ३३ रुपैयाँ तलब हुन्छ भनी झुक्याएको पाइएको सीआईबीका प्रवक्ता सानुराम भट्टराईले बताए ।

यसअघि पीडितहरूको जाहेरीको आधारमा प्रहरीले नुवाकोट दुप्चेश्वर-७ का सरिता गुरूङ र उदयपुर, त्रियुगा नगरपालिकाका घर भएका सविनको सालो पर्ने लालमणि दनुवारलाई भदौ ८ र ९ गते पक्राउ गरेको थियो । उनीहरुविरुद्ध ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतले १० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

त्यसमा सरिता गुरूङले धरौटी तिर्न नसकी कारागार चलान भएकी छन् भने लालमणि १० लाख रुपैयाँ धरौटीमा छुटेका थिए । त्यसै मुद्दामा फरार रहेका सविन भने थाइल्याण्डको बैंकक र भारतको विभिन्न ठाउँमा लुकेर बसेका थिए । सीआईबीले उनलाई पक्राउ गर्न इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेको थियो । अनलाइनखबर

प्रतिकृया दिनुहोस्

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...