News Portal

विपतको बेला मात्र होइन, बेलैमा जोखिम न्यूनीकरणमा सचेत रहनुपर्छ : नेकपा नेता अमृतकुमार बोहरा

हिमाली संचार संवाददाता
५११ पटक
२०७७ भाद्र १५, सोमवार

दुर्गा श्रेष्ठ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा भौगोलिक कारण बर्षेनी यस क्षेत्रको जनताले एक पछि अर्को प्रकृतिक विपत्ति बेहोर्नु परिरहेको छ। भारी अविरल वर्षाका कारण सिन्धुपाल्चोकको विभिन्न बस्तीहरु मध्ये जुगलको बोल्दे, निम्लुङ नाम्फा, गोन्डे गाउँ लगायत दर्जनौ बस्तीहरु पहिरोका कारण बस्ती नै अन्यत्र सारिएको  छ।

जनतालाई दुख परेको यो समयमा नेता, जनप्रतिनिधि, मन्त्री , सरकारी, गैरसरकारी संघसंस्था व्यावसायी लगायत राहत र सहयोग लिएर कोरनाको जोखिमको कुनै प्रवाह नगरी पिडीतहरुको बस्ती सम्म पुगिरहेका छन् । 

त्यस्तै, आज बलेफी गाउँ पालिकाको वडा नं . १ खम्मारेमा बस्ती माथीबाट जमीन चिराचिरा परेकोले बस्ती नै जोखिममा परे पछि १५ घर विस्थापित भएका छन् । पहिरो पिडीत बस्तीमा पुगि नेकपा नेता अमृतकुमार बोहरा, प्रदेश संसद सरेश नेपाल बलेफी गाउँ पालिकाको अध्यक्ष जुगलका अध्यक्ष लगायतका जनप्रतिनिधि विस्थापितहरुको बस्तिमा पुगि उच्च सतर्क रहन अनुरोध गरेका छन् । 

नेकपा नेता अमृतकुमार बोहराले वर्षेनी हुने प्रकोप नियन्त्रणका लागि स्थानीय सरकारले नियम बनाएर विपत्त आए पछि मात्र बिलौना गर्नु भन्दा प्राविधिकहरुको उचित परामर्श लिएर प्रकोप नियन्त्रणका लागि सुक्ष्म ढंगले अध्ययन अनुसन्धान गरेर विकल्प हिउँदमा नै खोज्नु पर्ने बताए।

बस्तिलाई नै जोखिम हुने गरि सडक निर्माण गर्ने कुरामा ध्यान पुर्‍याउनु पर्ने भुक्षय नियन्त्रणका लागि बोटविरुवाहरु रोप्न जनतालाई सचेत बनाउनु पर्ने बताएका छन् । विपतको बेला जनप्रतिनिधि सहयोगीहरुलाई अरोप आलोचनाका कुराहरु आउनु स्वभविक हुन।  जसले जे भने पनि स्वार्थ नराखी निस्वार्थ भावनाले जनताको दुखमा साथ दिनु पर्ने बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...