News Portal

विपतको बेला मात्र होइन, बेलैमा जोखिम न्यूनीकरणमा सचेत रहनुपर्छ : नेकपा नेता अमृतकुमार बोहरा

हिमाली संचार संवाददाता
५३३ पटक
२०७७ भाद्र १५, सोमवार

दुर्गा श्रेष्ठ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा भौगोलिक कारण बर्षेनी यस क्षेत्रको जनताले एक पछि अर्को प्रकृतिक विपत्ति बेहोर्नु परिरहेको छ। भारी अविरल वर्षाका कारण सिन्धुपाल्चोकको विभिन्न बस्तीहरु मध्ये जुगलको बोल्दे, निम्लुङ नाम्फा, गोन्डे गाउँ लगायत दर्जनौ बस्तीहरु पहिरोका कारण बस्ती नै अन्यत्र सारिएको  छ।

जनतालाई दुख परेको यो समयमा नेता, जनप्रतिनिधि, मन्त्री , सरकारी, गैरसरकारी संघसंस्था व्यावसायी लगायत राहत र सहयोग लिएर कोरनाको जोखिमको कुनै प्रवाह नगरी पिडीतहरुको बस्ती सम्म पुगिरहेका छन् । 

त्यस्तै, आज बलेफी गाउँ पालिकाको वडा नं . १ खम्मारेमा बस्ती माथीबाट जमीन चिराचिरा परेकोले बस्ती नै जोखिममा परे पछि १५ घर विस्थापित भएका छन् । पहिरो पिडीत बस्तीमा पुगि नेकपा नेता अमृतकुमार बोहरा, प्रदेश संसद सरेश नेपाल बलेफी गाउँ पालिकाको अध्यक्ष जुगलका अध्यक्ष लगायतका जनप्रतिनिधि विस्थापितहरुको बस्तिमा पुगि उच्च सतर्क रहन अनुरोध गरेका छन् । 

नेकपा नेता अमृतकुमार बोहराले वर्षेनी हुने प्रकोप नियन्त्रणका लागि स्थानीय सरकारले नियम बनाएर विपत्त आए पछि मात्र बिलौना गर्नु भन्दा प्राविधिकहरुको उचित परामर्श लिएर प्रकोप नियन्त्रणका लागि सुक्ष्म ढंगले अध्ययन अनुसन्धान गरेर विकल्प हिउँदमा नै खोज्नु पर्ने बताए।

बस्तिलाई नै जोखिम हुने गरि सडक निर्माण गर्ने कुरामा ध्यान पुर्‍याउनु पर्ने भुक्षय नियन्त्रणका लागि बोटविरुवाहरु रोप्न जनतालाई सचेत बनाउनु पर्ने बताएका छन् । विपतको बेला जनप्रतिनिधि सहयोगीहरुलाई अरोप आलोचनाका कुराहरु आउनु स्वभविक हुन।  जसले जे भने पनि स्वार्थ नराखी निस्वार्थ भावनाले जनताको दुखमा साथ दिनु पर्ने बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...