News Portal

केपिलासगढी गाउपालिकाको कलाकारहरुले जनजागरण गीत “हिमाल छ सिरानीमा…” (भिडियो सहित)

हिमाली संचार संवाददाता
६४५ पटक
२०७७ भाद्र १५, सोमवार

काठमाण्डौ । पुर्वाञ्चलको खोटाङ जिल्लादेखि उत्तरीभेगमा रहेको केपिलासगढी गाउपालिका सदरमुकाम दिक्तेलदेखि करिब ११ कोष टाढाको दुर्गम केपिलासगढी गाउपालिकाको सहकार्यमा निर्मित गीतको परिकल्पना गायक तथा संगीतकार सन्तोष दुमी र गीतकार उमेश राईले गरेका हुन् ।

यस गीत केपिलासगढी गाउपालिका भित्रका कलाकारहरुको संयुक्त आजाव रहेको जनजागरण गीत “हिमाल छ सिरानीमा” म्युजिक भिडियो पालिकाको सहयोगमा केपीलासगढी गाउपालिकाको कलाकारहरुले बजारमा ल्याएका हुन ।

खोटाङ जिल्ला नेपालको सांगीतिक राजधानीको रुपमा परिचित जिल्ला हो । सार्वजनिक गीतले प्रत्येक वडाको माटो र त्यस क्षेत्रको भावनाको प्रतिनिधित्व गरेको छ । प्राय सबै वडाहरुमा पुगेर छायांकन गरिएको निर्देशक सन्तोष दुमीले जानकारी दिएका छन् ।

खोटाङ जिल्लाको यस पालिकाको जनप्रतिनिधि कलाकारहरुको सामुहिक मेहनत र परिश्रमले उक्त जनजागरण गीत ल्याएको पनि निर्देशक दुमीले हिमाली संचारसंगको कुराकानीमा बताएका छन् । साल्पा सिलिचोङ हुदै, सुङदेलको भूम्याथान र सुदेलको “धिरु” सुगा समेत यस म्युजिक भिडियोमा देख्न सकिन्छ । त्यस्तै, हरेक गाउ-गाउको महत्वपूर्ण विशेषता यस गीतमा समेटिएको निर्देशक दुमी राईले बताए । 

गायक चक्र भुषण राई, सन्तोष दुमी, उमेश राई, अनिल कोयी राई, भिमसेना राई,प्रियंका राई, अनिल राई,गुणराज तामाङ,विकाश राई, सुरेश राई, डिके राई, सुस्मा राई, बन्दना तामाङ “श्रेष्ठ”,संगम राई, पग्गमा राई र पनिता राईको संयुक्त आवाजमा रहेको “जनजागरण गीत…” केपीलासगढी गाउपालिकाको सम्पूर्ण कलाकारहरु संयुक्त आवाज रहेका छन् । 

जनजागरण म्युजिक भिडियो पालिकाको प्रत्येक वडाहरुमा छायांकन गरिएको गीतमा कलाकार मनिषा श्रेष्ठ, पुजा विश्वकर्मा, विनिता सुनुवार, सुष्मा तामाङ, पविना राई, रिन्जा राई, इच्छा राई, रोमन राई, विनोद राई, प्रभूराज राई, सजनी राई, सन्च्या राई र प्रनिता राईको सामुहिक अभिनय रहेको छ । 

गीतकार उमेश राईले लेखेका गीतको संगीत भने चर्चित संगीतकार सन्तोष दुमी राईले संगीत भरेका छन् । यस गीतको एरेन्जर गायक तथा संगीतकार देवेश राईले राम्रो एरेन्ज गरेका छन् भने इडिट सुरेश रावत गरेका हुन् भने छायांकन राजेश थापाले गरेका हुन् । यस गीत मोबाइलको ब्याक रिङटोनमा एनसेलका लागि ७०२५४३५१, स्मार्ट ३०११२९८३ र एनटिसी ०८२०३३५ मोबाइल रिङटोनमा समेत राख्न सकिने ब्याबस्था रहेको छ । 

यस जनजागरण गीतको म्युजिक भिडियोको अन्तिममा प्रदेश नं.१ का प्रदेश सभा सदस्य, माननीय राजन राई, पालिका प्रमुख कृष्ण कुमार राई, उपप्रमुख हिरा कुमारी बन र प्रमुख प्रशासकीय अधिकृत छविलाल राई समेतले अग्रिम शुभकामना दिएका छन् ।

गाउपालिकाको प्रत्येक वडाका जनप्रतिनिधिहरुको फोटो राखेर परिचय दिइएको जनजागरण गीत बुढासुब्बा डिजिटल प्रालिको युटुब च्यानलबाट सार्वजनिक गरिएको म्युजिक भिडियोको निर्देशक सन्तोष दुमी र उमेश राईले संयुक्त रुपमा गरेका हुन् । 

जनजागरण गीतको म्युजिक भिडियो यहाँ हेर्नुस् 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...