News Portal

  • टर्कीको इब्रु तिम्तिकको २३८ दिनको भोक हड्तालका क्रममा मृत्यु

    हिमाली संचार संवाददाता
    ५३५ पटक
    २०७७ भाद्र १५, सोमवार

    ऐजेन्सी । टर्कीका श्रमजीवी जनताको मुक्तिका निम्ति आवाज उठाउँदै आएकी कानुन व्यवसायी तथा मानवअधिकारकर्मी इब्रु तिम्तिकको २३८ दिनको भोक हड्तालका क्रममा मृत्यु भएको छ ।

    उनलाई टर्कीको फासिवादी एकेपी सत्ताले सेप्टेम्बर २०१७ मा गिरफ्तार गरेको थियो । आफूलगायत गिरफ्तार साथीहरुको रिहाई, जेलभित्र मानवीय व्यवहार गर्न र स्वच्छ र स्वतन्त्र न्यायालयका लागि माग राखेर उनले जेलभित्रै भोक हड्ताल सुरु गरेकी थिइन् ।

    उनलाई उनको प्रोग्रेसिभ लयर्स एशोसियसनका आफ्ना १८ जना सहकर्मीसँगै गिरफ्तार गरिएको थियो । परिवर्तन, न्याय र समानताको पक्षमा आवाज उठाउने उनीहरुलाई टर्कीको सत्ताले प्रतिबन्धित पार्टी रेभ्युलुसनरी पिपुल्स लिबरेसन फ्रन्टको सदस्य भएको आरोप लगाउँदै आतंकवादी करार गरेको थियो ।

    सन् २०१७ को सेप्टेम्बरमा सरकारविरोधी मानिसहरुको पक्षमा वकालत गरेको भन्दै सरकारले उनीसहित १८ वकिललाई पक्राउ गरेको थियो । तिम्तिकलाई गत मार्चमा १३ वर्ष ६ महिनाको लामो काराबासको सजाय सुनाइएको थियो । कठोर कारावासमै तिम्तिकले जनवरी २ देखि स्वच्छ सुनुवाइ, स्वतन्त्र न्यायलय जस्ता न्यायपुर्ण मागहरु राखी भोक हडताल सुरु गरेकी थिइन् ।

    लामो समयको भोक हडतालका कारण उनको स्वास्थ्यमा गम्भीर समस्या पैदा भएपछि बन्दी अवस्थामा नै उनलाई जुलाई ३० मा अस्पताल भर्ना गरेको भए पनि आफ्ना माग पुरा नभएसम्म कुनै औषधी उपचार लिन तिम्तिकले इन्कार गरिन । अन्ततः अगस्ट २७ मा २३८ दिन लामो भोक हडतालसँगै उनले शाहदत प्राप्त गरिन । 

    अस्पतालमा उनलाई राखेको कोठा चिसो र अँध्यारो भएको र औषधी खुवाउन जबर्जस्ती गरेकाले उनको निधन भएको उनका समर्थकहरुले बताएका छन् । तिम्तिकको भोक हडतालको क्रममा मृत्यु भएसँगै युरोपेली संघको विदेश मामिलाका प्रवक्ता पिटर स्टानोले टर्कीले विश्वसनीयरुपमा मानव अधिकारको अवस्था र टर्कीको न्यायालयमा देखिएका गम्भीर कमजोरीमा सुधार गर्नुपर्ने बताए ।

    यसअघि राष्ट्रपति रिसेप तेइप एर्दोगानको शासनमा अदालतको निष्पक्षतामा प्रश्न उठाउँदै अन्तर्राष्ट्रिय र स्थानीय समूहहरुले वकिलको रिहाइको माग गरेका थिए । बिहीबार राति तिम्तिकको मृत्युको घोषणा गरिएको थियो । तिम्तिककी बहिनी काकाकी छोरीले जेलमाभन्दा अस्पतालमा उनको अवस्था नाजुक भएको बताइन् ।

    अस्पतालमा तिम्तिकको कोठामा रातको समयमा बत्ती हुँदैनथ्यो भने निरन्तर चिसो हावा आइरहन्थ्यो । उनका अनुसार अस्पतालका कर्मचारीहरु निरन्तर तिम्तिकलाई खाना खान र औषधि लिन दबाब दिइरहन्थे ।

    टर्कीमा तिम्तिक सहित राजनीतिक परिवर्तनका निम्ति भोकहडताल गर्दै यो वर्ष मात्रै टर्कीकी चर्चित जनगायिका हेलिन बेलेक लगायत चारजनाले शाहदत प्राप्त गरेका छन् । ४२ बर्षिया तिम्तिकको सहादत प्राप्त गर्दाको तौल जम्मा ६५ पौण्ड रहेको थियो ।

    तिम्तिकका साथी तथा शुभचिन्तकहरुले उनको शवको विरोध प्रदर्शनसहित अन्त्यष्टी गर्दै गर्दा टर्कीको पुलिसले टियर ग्यास समेत हानेको न्यूज एजेन्सीहरुले उल्लेख गरेका छन् । फेब्रुअरीबाट तिम्तिक र उनकी एक साथीले तरल र भिटामिन मात्र खाँदै भोक हडताल शुरु गरेका थिए । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ १७ गतेको राशिफल

    आज भदौ १७, २०८२ (सेप्टेम्बर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    विद्यालयमै छात्रामाथि करणी, प्रधानाध्यापक पक्राउ

    उदयपुर -उदयपुरको बेलका नगरपालिका – २ कन्चनजगा स्थित हिमशिखर ईङ्लिस बोर्डिङ स्कुलका प्रधानध्यापक युवराज श्रेष्ठ...

    अफगानिस्तानमा भूकम्प, मृतक संख्या ८१२ पुग्यो

    काठमाडौं, भदौ १६ – अफगानिस्तानको पूर्वी भागमा गएको शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको छ।...

    रास्वपाको मतपरिणाम किन गोप्य?

    काठमाडौँ, भदौ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ को उपनिर्वाचनका लागि डा. लेखजंग...

    लेखकको स्पष्ट भनाइ: नेपाल–भारत–चीन सम्बन्धमा भूभाग विषयमा प्रष्टता

    वीरगन्ज, भदौ १६ – गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग भएको स्पष्ट...