News Portal

    मातृभाषा विरुद्धको रिट खारेज, अब फेरी मातृभाषा शिक्षा पढाई हुने

    हिमाली संचार संवाददाता
    ४१५ पटक
    २०७७ भाद्र १५, सोमवार

    पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा लागू भएको मात्रृभाषाले पुनः निरन्तरता पाउने भएको छ । मातृभाषा शिक्षा सञ्चालनका लागि गाउँपालिकाले शिक्षक नियुक्ती विरुद्ध रिट उच्च अदालत विराटनगरले खारेज गरिदिएपछि मात्रृभाषा शिक्षाले निरन्तरता पाउने भएको हो ।

    नेपाल कम्युनिष्ट पार्टी फाल्गुनन्द गाउँपालिकाका सचिव फाल्गुनन्द गाउँपालिका–४ का इन्द्रकुमार नेम्वाङले मातृभाषा शिक्षक नियुक्ती प्रक्रियाविरुद्ध गत ७ कात्तिकमा उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए ।

    उच्च अदालत विराटनगरले मातृभाषा शिक्षाका लागि सुरु गरिएको प्रक्रिया तत्काल अघि नबढाउन गाउँपालिकाको नाममा अन्तरिम आदेश दिएको थियो । अदालतले समेत मातृभाषा शिक्षा सञ्चालनमा रोक लगाउन खोजेको भन्दै आदिवासीजन्य संस्थाका प्रतिनिधि तथा भाषिक अधिकारकर्मीहरुले विरोध गरेका थिए । फाल्गुनन्द गाउँपालिकाले गाउँपालिकाको ४० वटा सरकारी विद्यालयहरुमा लिम्बू, राई र तामाङ भाषाबाट शिक्षा सञ्चालन गर्ने गरी शिक्षक नियुक्तीको प्रक्रिया अघि बढाएको थियो ।

    गाउँपालिकाको ४० मध्ये ९ वटा विद्यालयमा त्यसअघि नै मातृभाषाका शिक्षक नियुक्ती गरेको थियो । दोस्रो चरणमा ८ वटा विद्यालयमा मातृभाषा शिक्षकको परिक्षा भएपछि नेम्बाङले रिट दायर गरेका थिए । १ तामाङ, १ राई र अन्य लिम्बू भाषाका शिक्षक नियुक्तिका लागि भएको परिक्षामा ७ जना मात्र उत्तीर्ण भएका थिए । एउटा विद्यालयका लागि परिक्षामा सहभागी दुवै अनुत्तीर्ण भएपछि ७ जनालाई मात्र नियुक्ति दिएका थिए । रिट परेपछि अदालतको अन्तरिम आदेशपछी सबै शिक्षकहरु घर बस्दै आएका छन् ।

    नेम्बाङले रिट दायर गरेपछि बाँकी सबै प्रक्रिया रोकिएकोमा आइतबार अदालतले नै नेम्बाङको रिट खारेज गरिदिएपछि सो प्रक्रिया स्वतः अघि बढ्ने भएको हो ।

    नेम्बाङको रिट खारेज गरिदिएपछि गाउँपालिकाकी तत्कालिन कार्यवाहक अध्यक्ष समेत रहेकी हालकी उपाध्यक्ष देवित्राकुमारी आङदेम्बेले सत्यको जीत भएको प्रतिक्रिया दिइन् । ‘हामीले गलत काम गरेको थिएनौं, त्यसैले हामीले जितेका छौं । हामीलाई अदालतले न्याय दिएको छ’ आङदेम्बेले नयाँ बुलन्दसँग भनिन्, ‘उहाँहरुलाई आरोप मात्र थियो भन्ने प्रमाणित भएको छ । यो जित गाउँपालिकाको मात्र नभएर समग्र मातृभाषीहरुको जित हो ।’

    आर्थिक वर्ष २०७५/७६ देखि फाल्गुनन्द गाउँपालिकाले मातृभाषा शिक्षा लागू गरेको थियो । पहिलो चरणमा नै नियुक्ति पाएका १ तामाङ र ८ लिम्बू मातृभाषा शिक्षक भने निरन्तर कार्यरत छन् ।गाउँपालिकाले माध्यमिक तहका मातृभाषा शिक्षकलाई मासिक १४ हजार र आधारभूत तहका शिक्षकलाई मासिक १० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    नागढुंगा सुरुङमार्ग पुसदेखि सञ्चालनमा, निर्माण कार्य अन्तिम चरणमा

    काठमाडौं, असार ४ – नेपालको पहिलो सडक सुरुङमार्गको रूपमा चिनिएको नागढुंगा–सिस्ने खोला सुरुङमार्ग अब आगामी पुस...

    त्रिभुवन विमानस्थलबाट १ किलो बढी सुन बरामद, भारतीय महिला पक्राउ

    काठमाडौं, असार ४ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि एकपटक सुन तस्करीको प्रयास विफल पारिएको छ।...

    एनसीसी अमेरिकाले एनआरएनए अध्यक्ष श्रेष्ठको स्वागतमा शुक्रबार भव्य कार्यक्रम गर्दै

    अमेरिका, असार ४ – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाले महेश कुमार श्रेष्ठ...

    कर्मचारी कुलिङ पिरियड प्रावधानबारे प्रधानमन्त्री सक्रिय, बालुवाटारमा छलफल तीव्र

    काठमाडौं, असार ४ – संघीय निजामती कर्मचारीको सेवा तथा सुविधा सम्बन्धी विधेयकमा समावेश गरिएको २...

    स्याङ्जामा रास्वपाका नेतामाथि आक्रमण, कांग्रेसका वडाध्यक्ष फरार

    स्याङ्जा, असार ४ – आँधीखोला दोहनविरुद्ध आवाज उठाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दुई नेतामाथि नेकाँबाट...