News Portal

मातृभाषा विरुद्धको रिट खारेज, अब फेरी मातृभाषा शिक्षा पढाई हुने

हिमाली संचार संवाददाता
५०७ पटक
२०७७ भाद्र १५, सोमवार

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा लागू भएको मात्रृभाषाले पुनः निरन्तरता पाउने भएको छ । मातृभाषा शिक्षा सञ्चालनका लागि गाउँपालिकाले शिक्षक नियुक्ती विरुद्ध रिट उच्च अदालत विराटनगरले खारेज गरिदिएपछि मात्रृभाषा शिक्षाले निरन्तरता पाउने भएको हो ।

नेपाल कम्युनिष्ट पार्टी फाल्गुनन्द गाउँपालिकाका सचिव फाल्गुनन्द गाउँपालिका–४ का इन्द्रकुमार नेम्वाङले मातृभाषा शिक्षक नियुक्ती प्रक्रियाविरुद्ध गत ७ कात्तिकमा उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए ।

उच्च अदालत विराटनगरले मातृभाषा शिक्षाका लागि सुरु गरिएको प्रक्रिया तत्काल अघि नबढाउन गाउँपालिकाको नाममा अन्तरिम आदेश दिएको थियो । अदालतले समेत मातृभाषा शिक्षा सञ्चालनमा रोक लगाउन खोजेको भन्दै आदिवासीजन्य संस्थाका प्रतिनिधि तथा भाषिक अधिकारकर्मीहरुले विरोध गरेका थिए । फाल्गुनन्द गाउँपालिकाले गाउँपालिकाको ४० वटा सरकारी विद्यालयहरुमा लिम्बू, राई र तामाङ भाषाबाट शिक्षा सञ्चालन गर्ने गरी शिक्षक नियुक्तीको प्रक्रिया अघि बढाएको थियो ।

गाउँपालिकाको ४० मध्ये ९ वटा विद्यालयमा त्यसअघि नै मातृभाषाका शिक्षक नियुक्ती गरेको थियो । दोस्रो चरणमा ८ वटा विद्यालयमा मातृभाषा शिक्षकको परिक्षा भएपछि नेम्बाङले रिट दायर गरेका थिए । १ तामाङ, १ राई र अन्य लिम्बू भाषाका शिक्षक नियुक्तिका लागि भएको परिक्षामा ७ जना मात्र उत्तीर्ण भएका थिए । एउटा विद्यालयका लागि परिक्षामा सहभागी दुवै अनुत्तीर्ण भएपछि ७ जनालाई मात्र नियुक्ति दिएका थिए । रिट परेपछि अदालतको अन्तरिम आदेशपछी सबै शिक्षकहरु घर बस्दै आएका छन् ।

नेम्बाङले रिट दायर गरेपछि बाँकी सबै प्रक्रिया रोकिएकोमा आइतबार अदालतले नै नेम्बाङको रिट खारेज गरिदिएपछि सो प्रक्रिया स्वतः अघि बढ्ने भएको हो ।

नेम्बाङको रिट खारेज गरिदिएपछि गाउँपालिकाकी तत्कालिन कार्यवाहक अध्यक्ष समेत रहेकी हालकी उपाध्यक्ष देवित्राकुमारी आङदेम्बेले सत्यको जीत भएको प्रतिक्रिया दिइन् । ‘हामीले गलत काम गरेको थिएनौं, त्यसैले हामीले जितेका छौं । हामीलाई अदालतले न्याय दिएको छ’ आङदेम्बेले नयाँ बुलन्दसँग भनिन्, ‘उहाँहरुलाई आरोप मात्र थियो भन्ने प्रमाणित भएको छ । यो जित गाउँपालिकाको मात्र नभएर समग्र मातृभाषीहरुको जित हो ।’

आर्थिक वर्ष २०७५/७६ देखि फाल्गुनन्द गाउँपालिकाले मातृभाषा शिक्षा लागू गरेको थियो । पहिलो चरणमा नै नियुक्ति पाएका १ तामाङ र ८ लिम्बू मातृभाषा शिक्षक भने निरन्तर कार्यरत छन् ।गाउँपालिकाले माध्यमिक तहका मातृभाषा शिक्षकलाई मासिक १४ हजार र आधारभूत तहका शिक्षकलाई मासिक १० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...