News Portal

बाँसखर्कमा अस्थायी स्थानान्तरण गरिएका सबै घरधुरीका लागि ग्याँस सिलिण्डर चुल्हो वितरण

हिमाली संचार संवाददाता
५१२ पटक
२०७७ भाद्र १४, आइतबार

दुर्गा श्रेष्ठ/सिन्धुपाल्चोक। लिदीबाट बाँसखर्कमा अस्थायी स्थानान्तरण गरिएका १५६ घरधुरीका लागि खाना पकाउने ग्याँस सिलिण्डर, चुल्हो सहितको सेटहरू आज जुगल गाउँपालिकाको अध्यक्ष होम नारायण श्रेष्ठले आफैं बसेर पीडितलाई वितरण गरेका छन्। त्यस्तै, स्वास्थ्य सहयता कक्ष संचालनका लागि टेन्ट फर्निचर लगाएतका आवश्यक सामाग्री पनि लागेका छन्।

लिदी पहिरो पीडितलाई जङे लामा तामाङ चलचित्र नायक दुबईदेखि ४० हजार सहयोग प्राप्त भएको उपाध्यक्ष सिर्जना तामाङले हिमालीसंचारसंगको कुराकानीमा बताएकी छिन्।

आधारभुत आवश्याक्ता पुरा गरी अस्थायी वासस्थानलाई व्यवस्थित गर्दै स्थायी वासस्थनका लागि ध्यान केन्द्रीत गर्नु जरुरी छ। अव लिदी, नाम्फा, बोल्दे लगाएतका धेरै विस्थापित वस्तीहरुको स्थायी स्थानान्तरण विशेष महत्व भएकोले सहयोग प्रणालीलाई यसै अनुसार केन्द्रीत गर्नु हुन समेत सम्पुर्ण सहयोग दाताहरुमा उपाध्यक्ष सिर्जना तामाङले अनुराेध पनि गरेकी छिन्।

वस्ती स्थानान्तरण प्रक्रियाका लागि आवश्यक पर्दा ऐन नियम कानुनहरुमा समेत संसोधन गर्नु पर्ने भएकोले संघ तथा प्रदेश सरकारको समेत प्रतिवद्धता प्राप्त भइसकेको जानकारी गराउनु भएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...