News Portal

युवतीमाथि सामूहिक बलात्कार, ४ जना पक्राउ

हिमाली संचार संवाददाता
७०४ पटक
२०७७ भाद्र १४, आइतबार

धनगढी – कैलालीमा एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा चारजना युवा पक्राउ परेका छन्। जानकी गाउँपालिका वडा नम्बर ९ को खैरीफाँटामा १७ वर्षीय युवतीलाई सामूहिक बलात्कार गर्ने ४ जना युवकहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए।

प्रहरी नायब उपरीक्षक न्यौपानेले सामूहिक बलात्कार गरेको आरोपमा जानकी गाउँपालिका ९ का दीपक कडारा, लोकेश रावत, शंकर विश्वकर्मा र कुमार कडारालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको जानकारी दिए।

पीडित युवतीले दिएको किटानी जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले आरोपितहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको हो।

युवतीमाथि गत भदौँ ११ गते राति सामूहिक बलात्कार भएको किटानी जाहेरीमा उल्लेख भएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...