News Portal

नेपाल विधुत प्राधिकरणमा राम्रो काम त मैले गरेको हुँ’- मुकेश काफ्ले

हिमाली संचार संवाददाता
५३४ पटक
२०७७ भाद्र १४, आइतबार

काठमाडौं । नेपाल विद्युत प्राधिकरण सबै कामको जस कुलमानलाई दिनु हुने भन्दै पूर्व कार्यकारी प्रमुख मुकेश राज काफ्ले प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहान्छन कार्यक्रममा ऋषि धमलासँग अन्तरबार्ता दिदै उनी गर्जिएका छन् ।

कार्यक्रममा ऋषि धमलाले सबै लोडसेडिङ कुलमानले नै मुक्त गराएका हुन् । तपाईले लथालिङ्ग बनाएको १८ घण्टा लोडसेडिङलाई उहाँले अन्त गराएर देश र जनतालाई उज्याले दिएका होइनन ? तपाईले अरबौ अरब नेपाल विधुत प्राधिकरण घाटामा पारेको खाल्डो उहाँले नै भरेका होइन? अनी उहाँलाई राम्रो कामको जस नदिएर हुन्छ? प्रश्न सोध्दा काफ्ले मुसुमुसु हाँस्दै होइन बन्दै उल्टै जिद्धि गरिरहेका थिए ।

सामाजिक सञ्जालभरी कुलमानको पक्षमा जनमत आएको छ भन्दा यो कुनै चुनाव होइन, सोसियल मिडिया भनेको प्रायोजित हो । यसले केही पनि गर्दैन भनेका थिए । त्यसो भए कुलमानले गरेको राम्रो काम चाँही के के हुन् भनेर फेरी प्रश्न सोध्दा उनले विद्युत चुहावट रोक्यो त्यो एउटा मात्र हो राम्रो काम भनेका थिए । 

पूर्व कार्यकारी प्रमुख मुकेशराज काफ्लेले नेपालमा लोडसेडिङ अन्त्य गरेको भनेर कुलमान घिसिङलाई श्रेय दिन नमिल्ने बताएका छन् । त्यसो भए किन मिल्दैन भनेर सोध्दा उनले उल्टै प्रश्न तेस्र्याएका थिए । उनले भने,’कसरी मिल्छ? तपाईजत्तिको एउटा यत्रो बरिष्ठ पत्रकारले यो चाकडीको भाषा बोल्न छोड्नुहोस भनेका थिए ।

तथ्यमा जानुहोस । अध्ययन गर्नुहोस । कुलमानजी मान्छे राम्रो हुनुहोला । कसैको सक्षमताको बारेमा मैले किन प्रश्न उठाउने? तर, तपाईले जसरी व्याख्या गरिरहनुभएको छ? मान्छे हेर्नुहोस कहिल्यै भगवान हुन सक्दैन् । जनताले आफ्नो विचार राख्न स्वतन्त्र हुनुहुन्छ । सक्षम हुनुहुन्छ । जनताको अभिमत नै निर्णायक हो भनेर हुदैन । यसरी एकोहोरो ऋषी धमलालाई पेलेर गएको देखिन्थ्यो । 

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...