News Portal

  • नेपाल विधुत प्राधिकरणमा राम्रो काम त मैले गरेको हुँ’- मुकेश काफ्ले

    हिमाली संचार संवाददाता
    ४५८ पटक
    २०७७ भाद्र १४, आइतबार

    काठमाडौं । नेपाल विद्युत प्राधिकरण सबै कामको जस कुलमानलाई दिनु हुने भन्दै पूर्व कार्यकारी प्रमुख मुकेश राज काफ्ले प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहान्छन कार्यक्रममा ऋषि धमलासँग अन्तरबार्ता दिदै उनी गर्जिएका छन् ।

    कार्यक्रममा ऋषि धमलाले सबै लोडसेडिङ कुलमानले नै मुक्त गराएका हुन् । तपाईले लथालिङ्ग बनाएको १८ घण्टा लोडसेडिङलाई उहाँले अन्त गराएर देश र जनतालाई उज्याले दिएका होइनन ? तपाईले अरबौ अरब नेपाल विधुत प्राधिकरण घाटामा पारेको खाल्डो उहाँले नै भरेका होइन? अनी उहाँलाई राम्रो कामको जस नदिएर हुन्छ? प्रश्न सोध्दा काफ्ले मुसुमुसु हाँस्दै होइन बन्दै उल्टै जिद्धि गरिरहेका थिए ।

    सामाजिक सञ्जालभरी कुलमानको पक्षमा जनमत आएको छ भन्दा यो कुनै चुनाव होइन, सोसियल मिडिया भनेको प्रायोजित हो । यसले केही पनि गर्दैन भनेका थिए । त्यसो भए कुलमानले गरेको राम्रो काम चाँही के के हुन् भनेर फेरी प्रश्न सोध्दा उनले विद्युत चुहावट रोक्यो त्यो एउटा मात्र हो राम्रो काम भनेका थिए । 

    पूर्व कार्यकारी प्रमुख मुकेशराज काफ्लेले नेपालमा लोडसेडिङ अन्त्य गरेको भनेर कुलमान घिसिङलाई श्रेय दिन नमिल्ने बताएका छन् । त्यसो भए किन मिल्दैन भनेर सोध्दा उनले उल्टै प्रश्न तेस्र्याएका थिए । उनले भने,’कसरी मिल्छ? तपाईजत्तिको एउटा यत्रो बरिष्ठ पत्रकारले यो चाकडीको भाषा बोल्न छोड्नुहोस भनेका थिए ।

    तथ्यमा जानुहोस । अध्ययन गर्नुहोस । कुलमानजी मान्छे राम्रो हुनुहोला । कसैको सक्षमताको बारेमा मैले किन प्रश्न उठाउने? तर, तपाईले जसरी व्याख्या गरिरहनुभएको छ? मान्छे हेर्नुहोस कहिल्यै भगवान हुन सक्दैन् । जनताले आफ्नो विचार राख्न स्वतन्त्र हुनुहुन्छ । सक्षम हुनुहुन्छ । जनताको अभिमत नै निर्णायक हो भनेर हुदैन । यसरी एकोहोरो ऋषी धमलालाई पेलेर गएको देखिन्थ्यो । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन २३ गतेको राशिफल

    आज साउन २३, २०८२ (अगस्त ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    विद्या भण्डारी समूहले बानेश्वरमा खोले सम्पर्क कार्यालय, तीन दशकअघिको घरमै फेरि गुञ्जिने राजनीति

    काठमाडौं, साउन २२ – पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) नेतृ विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशसँगै उनको...

    रुपन्देही कारागारमा रवि भेटेपछि बाबुरामको टिप्पणी : “पत्रिका पढ्नसमेत नदिइएको अचम्म लाग्यो”

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का...

    भूपरिवेष्टित राष्ट्रहरूको सम्मेलनमा प्रधानमन्त्री ओलीको जोड : ‘पूर्वाधार, सम्पर्क सञ्जाल र पारवहनमै विकासको मूल चाबी’

    तुर्कमेनिस्तान, साउन २२ – नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासशील राष्ट्रहरूको हितका लागि पूर्वाधार सुदृढीकरण,...

    बौद्ध खुकुरी काण्डः दुई युवक पक्राउ, घाइतेको वीर अस्पतालमा उपचार जारी

    काठमाडौं, साउन २२ – काठमाडौंको बौद्ध क्षेत्रमा केही दिनअघि घटेको खुकुरी आक्रमण प्रकरणमा संलग्न भएको...