News Portal

खै के भयो के भयो म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमाली संचार संवाददाता
८६५ पटक
२०७७ भाद्र १३, शनिवार

काठमाण्डौ । गीतकार तथा संगीतकार रमेश मगरको “खै के भयो के भयो…” बोलको म्युजिक भिडियो चर्चित गायक तथा संगीतकार सन्तोष दुमी अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।

सुस्त हावा शितल छायाँ, नसम्झाउ अतितका ती तिता पल जस्ता गीतमा संगीत दिएका गीतकार रमेश मगर केही बर्षदेखि रोजगारिको शिलशिलामा दक्षिण कोरियामा रहेका छन् ।  

गीतकार रमेश मगरको “खै के भयो के भयो…” बोलको यस गीतमा गायक राजेश पायल राईले आवाज दिएका छन् । चर्चित प्रर्याङक स्टार तथा मोडल एलिस राई, नग्मा श्रेष्ठ तथा निनाम हाङ राईको मुख्य अभिनय रहेको छ । यस भिडियोमा किशन भुषालको कोरियोग्राफि रहेको छ भने धन खालिङ तथा श्री थापाको छायांकन रहेको छ ।

यस म्युजिक भिडियो मार्फत आफुले मन पराएका सबै राम्रा कुराहरु पाउन सकिन्न भन्ने सन्देश दिन खोजिएको यस म्युजिक भिडियोमा कलाकारहरुको उत्कृष्ट प्रस्तुति रहेको देख्न सकिन्छ । धन खालिङको सम्पादन रहेको यस म्युजिक भिडियोलाई चर्चित गायक, संगीतकार सन्तोष दुमीले निर्देशन गरेका हुन् ।

म्युजिक भिडियो यहाँ हेर्नुस्

प्रतिकृया दिनुहोस्

मतगणना अपडेट : समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य...

भक्तपुर–२ को नतिजापछि बस्नेत बोले– जनताको निर्णय सर्वोपरि

भक्तपुर–२ मा पराजित बस्नेत: जनताको निर्णय सम्मान गर्छु काठमाडौं — भक्तपुर क्षेत्र नम्बर २ बाट...

सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश

सर्लाही-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक...

आज २०८२ साल फागुन २३ गतेको राशिफल

आज फागुन २३, २०८२ ( मार्च ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...