News Portal

७० वर्षीया आमाको लिदि पहिरो पीडितलाई सहयोग

हिमाली संचार संवाददाता
४४५ पटक

दुर्गा श्रेष्ठ/सिन्धुपाल्चोक
२०७७ भदौ १३, शनिबार – जुगल गाउँपालिकाको-२ लिदि पहिरोको बिपदमा ७० बर्षिया आमा सुकुमाया लामाले नुवाकोटबाट रु २० हजार सहयोग गर्नु भएको छ। त्यति मात्र होइन उहाँले जुगल गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङ्गलाई आशिर्वादसंगै संदेश पनि दिएका छन्।

उहाको सन्देश यस्तो छ:
“प्राकृतिक बिपत्ति या कुनै पनि दुर्घटना जहापनी जस्लाई पनि पर्न सक्छ। र एकलाई आपत पर्दा अर्कोले सकेको सहयोग गर्नु नै मानवीय धर्म हो।

हजुरले आफू बलियो भर पर्दो माध्यम भएर सहयोगको लागि रुचि राख्नेहरुलाई सहयोग गर्ने बलियो पुल बनेर मानव धर्म निभाउने अवसर दिइरहनु भएको छ। यो हजुरको कर्म आफैमा महान छ। हाम्रो तामाङ समुदाय जुन समुदायलाई अशिक्षित असक्षमको दर्जा दिदै आएको छ। यसै समुदायबाट यसरी हजुर जस्तो जुझारु युवा स्वच्छ राजनितीमा सक्षमरुपमा अग्रसर देख्दा हामि तामाङ मनहरुलाई अरुको तुलनामा अझ बढी खुशी मिल्दछ।

हजुर जस्तै तिब्र इच्छा, दृढ संकल्प, उच्च मनोबल र लगातारको लगनशीलता भएकै व्यक्तिहरुले हो घर, समाज र देश परिवर्तन गर्ने। हजुरको राजनीतिक यात्रा देशको उच्च तह सम्म पुग्ने खुबी देख्छौ हामी हजुरमा। मुख्यत आफ्नो दायित्व क्षत्र भित्रका जनतालाई आफ्नो प्रेमपुर्वकका सेवामय साथको अनुभुती यसरी नै दिलाउदै जानू होला। कामना गर्छौ थप उर्जा, थप हौसला, थप हिम्मत बढोस् हजुरमा। र साथ सहयोगको दायरा पनि उस्तै बढोस्”।

सिर्जना तामाङले आमाप्रति माया सम्झेका छन्:
“आमा”
कहिले देखाएनौ
तिम्रा पिडा
सुनाएनौं कहिले
तिम्रा ब्यथा
समय सगै
आएका दुख
सबै हासेर लिदियौ
त्यो मिठो हासो पछिको
नमिठो आसु
कहिल्यै देखाएनौं
तिमिले जस्तै प्रेम गर्न
तिमिले जस्तै दुखमा रमाउन
सायद मैले पनि जाने
सन्सारकै आमा
सायद यस्तै हुन्छन।

जिन्दगीमा आरोप मात्र हैन सदा राम्रो गरोस भन्ने चाहन राख्ने जो कोहिको पनि एक मात्रा असल मित्र आमा नै हुन सक्दछ। आज सिर्जना तामाङ पैसाको सहयोगले भन्दा सकारात्मक हौसलाले खुसी भएको छ।

जिन्दगीमा धेरै दुख अनि केही भगवान रुपि यसरी मीठो खुसी पनि मिलेको छ। ७० वर्षीया आमालाई सिर्जना तामाङले धन्यवाद दिएकि छन। सहयोगले भन्दा सकारात्मक हौसलाले सिर्जना तामाङले खुसी व्यक्त गरेकी छन।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...