News Portal

    ७० वर्षीया आमाको लिदि पहिरो पीडितलाई सहयोग

    हिमाली संचार संवाददाता
    ३५१ पटक

    दुर्गा श्रेष्ठ/सिन्धुपाल्चोक
    २०७७ भदौ १३, शनिबार – जुगल गाउँपालिकाको-२ लिदि पहिरोको बिपदमा ७० बर्षिया आमा सुकुमाया लामाले नुवाकोटबाट रु २० हजार सहयोग गर्नु भएको छ। त्यति मात्र होइन उहाँले जुगल गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङ्गलाई आशिर्वादसंगै संदेश पनि दिएका छन्।

    उहाको सन्देश यस्तो छ:
    “प्राकृतिक बिपत्ति या कुनै पनि दुर्घटना जहापनी जस्लाई पनि पर्न सक्छ। र एकलाई आपत पर्दा अर्कोले सकेको सहयोग गर्नु नै मानवीय धर्म हो।

    हजुरले आफू बलियो भर पर्दो माध्यम भएर सहयोगको लागि रुचि राख्नेहरुलाई सहयोग गर्ने बलियो पुल बनेर मानव धर्म निभाउने अवसर दिइरहनु भएको छ। यो हजुरको कर्म आफैमा महान छ। हाम्रो तामाङ समुदाय जुन समुदायलाई अशिक्षित असक्षमको दर्जा दिदै आएको छ। यसै समुदायबाट यसरी हजुर जस्तो जुझारु युवा स्वच्छ राजनितीमा सक्षमरुपमा अग्रसर देख्दा हामि तामाङ मनहरुलाई अरुको तुलनामा अझ बढी खुशी मिल्दछ।

    हजुर जस्तै तिब्र इच्छा, दृढ संकल्प, उच्च मनोबल र लगातारको लगनशीलता भएकै व्यक्तिहरुले हो घर, समाज र देश परिवर्तन गर्ने। हजुरको राजनीतिक यात्रा देशको उच्च तह सम्म पुग्ने खुबी देख्छौ हामी हजुरमा। मुख्यत आफ्नो दायित्व क्षत्र भित्रका जनतालाई आफ्नो प्रेमपुर्वकका सेवामय साथको अनुभुती यसरी नै दिलाउदै जानू होला। कामना गर्छौ थप उर्जा, थप हौसला, थप हिम्मत बढोस् हजुरमा। र साथ सहयोगको दायरा पनि उस्तै बढोस्”।

    सिर्जना तामाङले आमाप्रति माया सम्झेका छन्:
    “आमा”
    कहिले देखाएनौ
    तिम्रा पिडा
    सुनाएनौं कहिले
    तिम्रा ब्यथा
    समय सगै
    आएका दुख
    सबै हासेर लिदियौ
    त्यो मिठो हासो पछिको
    नमिठो आसु
    कहिल्यै देखाएनौं
    तिमिले जस्तै प्रेम गर्न
    तिमिले जस्तै दुखमा रमाउन
    सायद मैले पनि जाने
    सन्सारकै आमा
    सायद यस्तै हुन्छन।

    जिन्दगीमा आरोप मात्र हैन सदा राम्रो गरोस भन्ने चाहन राख्ने जो कोहिको पनि एक मात्रा असल मित्र आमा नै हुन सक्दछ। आज सिर्जना तामाङ पैसाको सहयोगले भन्दा सकारात्मक हौसलाले खुसी भएको छ।

    जिन्दगीमा धेरै दुख अनि केही भगवान रुपि यसरी मीठो खुसी पनि मिलेको छ। ७० वर्षीया आमालाई सिर्जना तामाङले धन्यवाद दिएकि छन। सहयोगले भन्दा सकारात्मक हौसलाले सिर्जना तामाङले खुसी व्यक्त गरेकी छन।

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    काठमाडौंमा रिबर्मा खोलाको पानी वितरण सुरु, मेलम्ची आयोजनाको पुनरागमन

    काठमाडौं, असार ४ – राजधानीवासीका लागि खानेपानी आपूर्तिमा राहत दिने उद्देश्यले मेलम्ची आयोजनाबाट रिबर्मा खोलाको...

    नागढुंगा सुरुङमार्ग पुसदेखि सञ्चालनमा, निर्माण कार्य अन्तिम चरणमा

    काठमाडौं, असार ४ – नेपालको पहिलो सडक सुरुङमार्गको रूपमा चिनिएको नागढुंगा–सिस्ने खोला सुरुङमार्ग अब आगामी पुस...

    त्रिभुवन विमानस्थलबाट १ किलो बढी सुन बरामद, भारतीय महिला पक्राउ

    काठमाडौं, असार ४ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि एकपटक सुन तस्करीको प्रयास विफल पारिएको छ।...

    एनसीसी अमेरिकाले एनआरएनए अध्यक्ष श्रेष्ठको स्वागतमा शुक्रबार भव्य कार्यक्रम गर्दै

    अमेरिका, असार ४ – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाले महेश कुमार श्रेष्ठ...

    कर्मचारी कुलिङ पिरियड प्रावधानबारे प्रधानमन्त्री सक्रिय, बालुवाटारमा छलफल तीव्र

    काठमाडौं, असार ४ – संघीय निजामती कर्मचारीको सेवा तथा सुविधा सम्बन्धी विधेयकमा समावेश गरिएको २...