News Portal

अडियो प्ररकरणमा मुछिएका अध्यक्ष र सचिव अख्तियारको नियन्त्रणमा

हिमाली संचार संवाददाता
४७० पटक

२०७७ भदौ १३, शनिबार
सुर्खेत – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको गुराँस गाँउपालिकाको सडक निर्माणका क्रममा आर्थिक लेनदेन भएको अडियो प्ररकरणमा मुछिएका २ जनालार्इ नियन्त्रणमा लिएको छ।

उभोक्ता समिति र निर्माण व्यवसायीबिच भएको कुराकानीको अडियो सार्बजनिक भएपछि अख्तियारले छानविन थालेको हो। अख्तियारले उपभोक्ता समितिका अध्यक्ष गगन खत्री र सचिव गोविन्द्र बहादुर वलीलार्इ नियन्त्रणमा लिएको जनाएको छ।

अख्तियारको कार्यालय सुर्खेतका सुचना अधिकारी मेघनाथ सापकोटाले विभिन्न संञ्चारमाध्य र उजुरीपरेपछि उनिहरुलार्इ नियन्त्रणमा लिएको बताउनु भयो। उहाँले उनिहरुलार्इ नियन्त्रणमा लिर्इसकेको भन्दै अडियो प्ररकण सम्बन्धी अनुसन्धान भर्इरहेको बताउनु भयो।

भिउचुला, बगौरा, पुलिया सडक स्तरउन्नतीका क्रममा निर्माण उपभोक्ता समिति र निर्माण व्यवसायिबिचको टेलिफोन कुराकानीको बिवादित अडियो सार्बजनिक भएको थियो। गाउँ कार्यपालिकाले सत्यतथ्य छानबिनका लागि गाउँसभा सदस्य पशुपति शर्माको संयोजकत्जमा ४ सदस्यीय छानबिन समिति समेत गठन गरेको जनाएको छ।

कुराकानीको क्रममा उपभोक्ता समितिका ३ जनाले ९२/९२ हजार रकम भाग गरिएको भन्ने छ। सव इन्जिनियरलाई समेत ४० हजार भाग लगाइएको भन्ने टेलिफोन कुराकानीमा छ। निर्माण उपभोक्ता समितिका अध्यक्ष गगन खत्री, सचिव गोविन्द ओली र कोषाध्यक्ष भक्तबहादुर रानाले ९२/९२ हजार रूपैयाँ बाँडेको चित्त नबुझे रकम फिर्ता लैजाउ भनेको सुनिएको छ।

उपभोक्ता समितिले ३७ हजार घनमिटर सडक निर्माण गर्नुपर्ने हो। निर्माण कार्यको जिम्मा लिएका व्यवसायी हिक्मतले ओलीले भने ३७ हजार घनमिटर खन्नपर्नेमा ७६ हजार घनमिटर खनेको बताउनुभएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...