
दुर्गा श्रेष्ठ/सिन्धुपाल्चोक।
२०७७ भदौ १३, शनिबार – समाजसेबी तथा शिक्षाप्रेमी ब्यक्तित्व सोमछिरिङ तामाङले राम्चे सामुदायिक पुस्तकालयलाई सहयाेग गरेका छन।
शनिवार सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाको वडा नम्बर ५ का समाजसेवी तथा बुद्धिजीवी साेमछिरिङ तामाङले कुनै राजनीतिक संघसंस्थाको नभई आफनो ब्यक्तिगत रूपमा जुगल गाउँपालिका-५ स्थित राम्चे सामुदायिक पुस्तकालयमा एक थान प्रोजेक्टर र केही थान पुस्तकहरु उपलब्ध गराएका हुन।
तामाङले थप केही सामग्रीहरू पनि उपलब्ध गराउँने प्रतिवद्धता जाहेर गरेका छन भने, पुस्तकालय राम्चेका पदाधिकारीहरुले सहयोगको लागि उनिप्रती धन्यवाद व्यक्त गरेका छन।
त्यस्तै उनको पुस्तकालयमा सहयोगप्रती स्थानीय युवा नेता श्याम थापा मगरलेसमेत आभार व्यक्त गरेका छन।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
